संसारकै विषालु दुर्लभ राजगोमनको संरक्षण सुरु

१२ असार ७७, शनिबार

१३ असार, पर्वत ।
पर्वतमा भेटिएको दुर्लभ किङ कोब्रा अर्थात राजगोमनको संरक्षण गर्न थालिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो । बुधबार कटुबाचौपारीका स्थानीयले उक्त सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प विशेषज्ञको टिमलाई खबर गरेका थिए ।

स्थानीयको खबरपश्चात आएको विशेषज्ञको टोलीले उक्त सर्प पोथी कालीनाग भएको पुष्टि गरेका छन् । पोथी कालीनागले अहिले बच्चा जन्माउनका लागि फुल सेकेर बसेको अवस्था रहेको सर्प संरक्षक ऋषि बरालले बताए ।

बरालका अनुसार उक्त सर्प पोथी कालीनाग भएको र अहिले त्यसलाई जुन ठाउँमा छ त्यहिँ ठाउँमा संरक्षण गरेर राख्नुपर्ने बताए । फुल पारी सकेर बच्चा कोरल्नका लागि अहिले बसेका कारण अहिले अन्यत्र स्थानान्तरण गर्न नहुने भन्दै कालीनागलाई त्यही संरक्षण गरी राख्न थालिएको बताए ।

यो सर्प संसारकै विषालु हुने हुँदा बच्चा जन्माउनको लागि फुल सेकेर बसेको कारण पनि अहिले त्यसलाई अन्यत्र लान नहुने उनको सुझाव छ । उनले सोही स्थानमा तारबेर लगाएर राख्ने र पछि बच्चा कोरलीसकेपछि मात्रै त्यसलाई संरक्षण क्षेत्रमा लगेर छोडिने बताए ।

संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु यो राजगोमन अर्थात पोथी कालीनागले समेत चिनिने यो किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे नौ किलोग्राम तौलको रहेको छ । तराई क्षेत्रमा पाइने सो प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक बरालले बताए ।

साना र सामान्य खालका सर्प मात्र देखिने गरेको यस क्षेत्रमा ठूलो प्रजातिको सर्प घर आसपास देखिएपछि स्थानीयबासी त्रसित बनेका छन् । यसअघि पनि पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारी र वडा नंं १२ ठूलीपोखरीमा किङकोब्रा भेटिएको थियो ।

उक्त किङकोब्रालाई सर्प संरक्षकले नियन्त्रणमा लिई बस्तीभन्दा टाढाको पर्वतकै घना जङ्गलमा छोडिदिएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top