इनफ इज इनफ अभियानः कोही हिरासतमा त कोही पाटनमा बसे अनशन

१३ असार ७७, शनिबार
Share this
702shares

१३ असार, काठमाडौं ।
इनफ इज इनफ अभियानमा रहेका युवाहरु ललितपुरको पाटनमा शनिबार पनि अनशनमा बसेका छन् ।

Advertisement

कोरोना महामारी रोकथामका लागि सरकारलाई जवाफदेही बनाउन दबाब दिने उदेश्यसहित युवाहरु अनशनमा बसेका हुन् ।  प्रहरीले शुक्रबार अनशन बसेका अभियानका अगुवा इशान अधिकारी (इ) सहित पाँचजनालाई पक्राउ गरेर जावलाखेल चौकीमा हिरासतमा राखेको छ ।

पक्राउ परेकाहरु हिरासतमै अनशनमा छन् भने अरु युवाहरु पाटनमा अनशनमा बसेका हुन् । कोरोना महामारी रोकथामका लागि सरकारी प्रयास प्रभावकारी हुनुपर्ने मागसहित अनशनमा बसिएको उनीहरुले बताएका छन्।

Advertisement

उनीहरुले कोरोना भाइरसको परीक्षण पीसीआर विधि मार्फत हुनु पर्ने, भ्रष्टाचार अन्त्य हुनु पर्ने माग गरेका छन्। उनीहरुले सरकारसँग जवाफदेहिताको माग गरेका छन् । यस्तै अग्रपंक्तिमा खटिएकाहरुको पूर्ण रक्षाको माग पनि गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top