‘भारतमा मृत्युदर ३ प्रतिशत, निको हुने दर ५८ प्रतिशत’

१४ असार ७७, आइतबार
Share this
716shares

१४ असार, नयाँ दिल्ली।
भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले भारतका कोभिड १९ का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिएका छन् । उनले भन्नुभएको छ– भारतमा कोभिड १९ का सङ्क्रमितहरुमध्ये ५८ प्रतिशत निको भएको छ ।

Advertisement

भारतमा शनिबारसम्ममा कम्तीमा पनि पाँच लाखलाई कोभिड १९ को सङ्क्रमण भएको र तीमध्ये कम्तीमा पनि तीन लाख मानिस निको भएर घर फर्किएका छन् । उनका अनुसार शनिबारसम्ममा यहाँका करिब तीन लाख सङ्क्रमितलाई निको भएको छ । अरु पनि धेरै जना यसबाट निको भएका र घरजाने अन्तिम तयारीमा रहेका जानकारी पनि उनले दिए।

Advertisement

भारतका विभिन्न आठ राज्यका ती नागरिक निको भएर घर फर्किएका छन् । त्यसैगरी भारतमा निधन भएकाहरुमा ८७ प्रतिशत जति तिनै राज्यका नागरिक रहेका पनि उनले बताए । त्यसैगरी उनले भारतमा सङ्क्रमितहरुको मृत्यु दर तीन प्रतिशत मात्र रहेको बताएका छन् ।

उनले मृत्यु दर जम्मा तीन प्रतिशत रहेको जानकारी दिँदै मृत्युदर अन्य राष्ट्रको अपेक्षा कम भएको बताए। पहिलेको तुलनामा दोब्बर हुने दर पनि बढेको उनले बताए । उनले १९ दिनमा सङ्क्रमितको संख्या दोब्बर हुने गरेको जानकारी पनि दिएको समाचारमा जनाइएको छ ।

Advertisement

कोरोना सङ्क्रमणको परीक्षण गर्ने संख्या पनि बढेको जानकारी उनले दिए। भारतमा १ हजार २० प्रयोगशालामा शुक्रबार मात्र दुई लाख ३० हजार जनाको परीक्षण गरिएको उनले जानकारी दिए । उनले धरै भन्दा धेरै जनाको कोरोना परीक्षणको व्यवस्था सरकारले मिलाएको जानकारी पनि गराए ।

त्यसैगरी सो सङ्क्रमणबाट १५ हजार जना भन्दा बढीको ज्यान गएको छ । गएको २४ घन्टायतामात्र १८ हजार भन्दा बढी नागरिक सङ्क्रमित भएको भेटिएका छन् । यो एकै दिन सङ्क्रमित भएकाहरुमा सबैभन्दा बढी संख्या हो ।

केही दिनयतादेखि हरेक दिन कम्तीमा पनि १४ हजार जना सङ्क्रमित हुने गरेका छन् । पछिल्लो समयमा थपिएका विरामीहरुका कारण भारतको अवस्था भयावह हुने देखिएको पनि बताइएको छ ।

स्वास्थ्य मन्त्री हर्षवर्धनले शनिबार कोरोना भाइरसको उपचारका लागि समन्वय गर्नुपर्ने भन्दै भारतका केन्द्रीय सरकार मन्त्रीहरुसँग भर्चुअल बैठक गरेका थिए । त्यसक्रममा उनले भारत सरकारले सङ्क्रमणको नियन्त्रणका लागि सक्दो प्रयासहरु गरिरहेको बताएकाे समाचारमा जनाइएको छ ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top