कोरोना संकटमा तेस्राे मुलुकबाट ११ हजार श्रमिक फर्किए, ८७ शव ल्याइयो

१४ असार ७७, सोमबार

काठमाडौं : विदेशमा समस्या परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश पर्किएका छन्। जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको हो। कोभिड–१९ नियन्त्रण व्यवस्थापन समितिका अनुसार विदेशमा अलपत्र परेका नेपालीको उद्धार तीव्र गतिमा भइरहेको छ।

Advertisement

उद्वारका लागि गैरआवासीय नेपाली संघका विभिन्न मुलुकस्थित राष्ट्रिय समन्वय परिषद्ले सहकार्य एवं समन्वय गरिरहेका छन्। शनिबारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन्। यस्तै यूएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट एक हजार दुई सय १८, मलेसियाबाट नौ २१, बगंलादेशबाट आठ १५, कतारबाट ६ सय ३८, माल्दिभ्सबाट, ६ सय ४, जापानबाट ४ सय ९२, अस्ट्रेलियाबाट २ सय ६९, बहराइनबाट ४ सय २०, थाइल्याण्डबाट ३ सय २६ जना नेपाली स्वदेश फर्किएका हुन्।

त्यस्तै ओमानबाट ३ सय १३, अमेरिकाबाट ४ सय ८३, दक्षिण कोरिया २ सय २८, सिंगापुरबाट १ सय ४६, बेलायत २ सय २९, हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका हुन्।

Advertisement

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार संघले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गरिरहेका छन्।

सरकारले पहिलो चरणमा अति समस्यामा परेका २५ हजार श्रमिक ल्याउने योजना बनाएको छ। रोजगारदाताले टिकट नदिएमा कामदार आफैंले टिकट हालेर स्वदेश फर्किने गरेका छन्। ,याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top