सरकारी काममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई मान्यता

१५ असार, खोटाङ ।

हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा तीनवटा राई भाषालाई मान्यता दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने नीति ल्याएको हो ।

वाम्बुले राईको बाहुल्य रहेको वडा नम्बर–१ बाहुनीडाँडा र वडा नम्बर–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्य रहेको वडा नम्बर–३ च्यास्मिटारमा तिलुङ भाषालाई पनि सरकारी कामकाजमा मान्यता दिने नीति ल्याइएको नगरप्रमुख इवन राईले बताए ।

“पर्वतेलगायतका अन्य चलन चल्तीका भाषालाई विस्थापित गर्ने भनिएको होइन, बाहुल्यका आधारमा यी भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने भनिएको हो”, उनले भने, “बाहुनीडाँडा र डिकुवामा अझै पनि पर्वते भाषा नबुझ्ने वाम्बुले रहेछन् । भाषा नजान्ने शिक्षकले पठनपाठन गर्न सक्ने अवस्था छैन । आफ्नो भाषामा मात्र संवाद गर्ने नागरिकको सहजताका लागि उनीहरुको भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने तयारी गरिएको हो ।”

एघार वडा रहेको जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकामा ५१ प्रतिशत किराँत राईहरुको बसोबास रहेको तथ्याङ्कमा उल्लेख छ । किराँत समुदायको भाषा, संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान गरी सांस्कृतिक नगरपालिकाका रूपमा परिचित गराउने लक्ष्यका साथ नगरपालिकाको लेटरहेडमा चाम्लिङ, वडा कार्यालय बाहुनीडाँडा र डिकुवाको लेटरहेडमा वाम्बुले र वडा कार्यालय च्यास्मिटारको लेटरहेडमा तिलुङ लिपि प्रयोग गरिने नगरप्रमुख राईले जानकारी दिए ।

नगरकार्यपालिकाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको तीनवटै भाषाका ऐतिहासिक कागजात तथा दस्तावेजहरु सङ्कलन गरी पुस्तक प्रकाशन गरिने नगरउपप्रमुख विमला राईले बताएका छन् ।

नगरपालिकाले तुवाचुङमा चुल्हो माङखिम (घर) निर्माणका लागि रु १५ लाख, हलेसी मन्दिर परिसरमा किरात संस्कृति मन्दिर निर्माणका लागि रु १० लाख, ऐतिहासिक दस्तावेज सङ्कलनका लागि रु पाँच लाख, होलेसुङ पार्क निर्माणका लागि रु पाँच लाख, चाम्लिङ भाषाको शब्दकोष निर्माणका लागि रु तीन लाख, चाम्लिङ भाषाको कक्षा सञ्चालनका लागि रु दुई लाख र स्थानीय पाठ्यक्रम निर्माणका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ ।रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top