×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

मूल्य घटेपछि मकै उत्पादक किसान चिन्तित

१६ असार २०७७

१६ असार, सर्लाही ।
जिल्लाका किसानहरु लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन ।

आफूले लगाएको मकैमा फौजी किराको सङ्क्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरु थप मारमा परका हुन् । सबै समस्याका बीच उत्पादन गरेको मकैको उचित मूल्य नपाउँदा थप मारमा परेको लालबन्दी नगरपालिका–१७ का किसान रमेश अधिकारीले गुनासो गरे ।

Advertisement
Advertisement

विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लागु गरिएको बन्दाबन्दीले सवारी साधन सञ्चालनमा नआउँदा कृषिजन्य उत्पादनको मूल्य लगातार ओरालो लागेपछि किसानहरु चिन्तित बनेका छन् ।

गत वर्षको तुलनामा मकै उत्पादनमा लागत बढी लागेको तर मकैको बिक्री मूल्य भने गत वर्षको भन्दा दुई गुणाभन्दा बढीले घटेपछि लागतसम्म भए पनि कसरी उठाउने भन्ने चिन्ताले किसान पिरोलिन थालेका हुन् । बागमती नगरपालिका–८ शङ्करपुरका किसान भीमबहादुर कोइरालाले यस वर्ष एक हेक्टर क्षेत्रफलमा मकै लगाएका थिए ।

उनका अनुसार मकै उत्पादनमा मलखाद तथा फौजी किरा नियन्त्रणका लागि थप कीटनाशक औषधिसमेत प्रयोग गर्नुपर्दा उत्पादन लागत बढ्यो तर जारी बन्दाबन्दीका कारण सवारी साधन सञ्चालन नहुँदा बिक्री मूल्य घटेको हो ।

“अब त मकै खेती गर्नुुभन्दा पनि जुवा खेल खेले झैँ लाग्छ”, लालबन्दी नगरपालिका– १५ का किसान राजकुमार खत्रीले भने, “कहिले आउँछ, कहिले सबै जान्छ, कुनै टुङ्गो छैन ।” गत वर्ष रु तीन हजार ५०० देखि चार हजार क्विन्टलका दरले मकै विक्री गरेका उनले यसपटक प्रतिक्विन्टल रु एक हजार ७०० देखि दुई हजार एक सयले बिक्री गर्नुपरेको बताए ।

मकैमा दाना लाग्ने समयमा एकाएक मौसम बिग्रिएर हावाहुरीले मकैबालीमा नोक्सान पुर्याएका कारण उत्पादन समेत घटेको लालबन्दी नगरपालिका–१३ का किसान रामवीर तामाङले गुनासो गरे । हावाहुरी र असिना पानीका साथै फौजी किराको सङ्क्रमणका कारण मकै उत्पादन एकतिहाइले घटेको किसानहरुको भनाइ छ ।

चार क्विन्टलसम्म कट्ठाको मकै फल्ने खेतमा यस वर्ष तीन क्विन्टल मात्र फलेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त कार्यालय प्रमुख देवानन्द राय यादवले बताए । मकैको सर्मथन मूल्य आफुलाई जानकारी नभएको तर प्रतिकठ्ठा मकै उत्पादन गर्न रु तीन हजार ५०० देखि चार हजारसम्म लागत लाग्ने गरेको ज्ञान केन्द्रका निमित्त प्रमुख यादवले बताए ।

मुल बिउ बजारमा प्रतिकिलो रु ८० मा पाइने गरेको किसानहरुले बताएका छन । मलखाद, विषादी, जन खर्चलगायत गरी रु तीन हजार ५०० देखि चार हजारसम्म लागत लाग्ने गरेको किसानहरुको भनाइ छ ।

“सरकारले अन्य केही कृषि उपजको उत्पादन लागतलाई लिएर समर्थन मूल्य तोक्ने गरेको भए पनि मकैको समर्थन मूल्य नतोकेर राज्यले किसानलाई उपेक्षा गरेको छ”, अर्का किसान जङ्गबहादुर महतोले भने । राज्यले सामान्य समर्थन मूल्यसमेत नतोक्दा मकै खेती जुवा खेलेजस्तो बनेको उनको भनाइ छ ।

Advertisement

जिल्लाका किसानले ‘हाइब्रिड’ जातको मकैखेती गरी वर्षमा तीन बालीसम्म भित्र्याउने गरेका छन् । बाह्र हजार हेक्टर क्षेत्रफलमा ६३ हजार ६०० मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेकोमा पछिल्लो समयमा विभिन्न कारणले मकै उत्पादन घटेको ज्ञान केन्द्रका निमित्त प्रमुख यावदले बताए । (रासस)

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top