तीन पटकको सकारात्मक सर्किट ब्रेकपछि कारोबार बन्द

१५ असार ७७, मंगलबार

१६ असार, काठमाडौं ।
मंगलबार शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेको छ ।

हिजो नकारात्मक सर्किट ब्रेक लागेर केही समय बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो । आज कारोबार सुरु भएको एक घन्टा नपुग्दै चार प्रतिशतले बढेपछि २० मिनेट सर्किट ब्रेक लागेको थियो, दोस्रो पटक पाँच प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द भएको हो ।

होटल र म्युचल फण्डबाहेक सबैजसो समूहको शेयर उकालो लागेपछि ६ दशमलव शून्य ६ प्रतिशतले बढेको नेप्से १२ सय ६० दशमलव ७५ बिन्दुमा पुगेको छ । आज जीवन बीमा समूहको शेयर ६ सय ३४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर दुई सय ९६ अङ्कले र उत्पादन एक सय २२ अङ्कले उकालो लागेको छ ।

आज २२ करोड ७२ लाख रुपैयाँ बराबरका चार लाख ८९ हजार पाँच सय कित्ता शेयर किनबेच भए । आज नागरिक लगानी कोष, एसियन, सूर्य, नेपाल, नेशनल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै कमाएका छन् ।

२१ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । तर राष्ट्रिय पुनर्बीमा कम्पनी र ओरियन्टल होटलका शेयरधनीले सबैभन्दा धेरै झण्डै १० प्रतिशत गुमाएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top