अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई अमेरिकाबाट स्वदेश फर्काइने

२३ असार, एजेन्सी ।
अमेरिकी विश्वविद्यालयले कोरोना महामारीका कारण अनलाइन कक्षा सुरु गरेसँगै त्यहाँ अध्यननरत विदेशी विद्यार्थी मर्कामा पर्ने भएका छन् ।

सोमबार अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई)ले अमेरिकामा हाल अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थी स्वदेश फर्कनुपर्ने बताएको छ । यो निर्णयसँगै अमेरिकामा अध्ययनरत हजारौं विद्यार्थी, विभिन्न तालिममा सहभागी हुन गएका विदेशी विद्यार्थीहरु प्रभावित हुने भएका छन् ।

कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएसँगै अधिकांश अमेरिकी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुले अनलाइन कक्षा सुरु गरेका छन् । विश्वकै प्रतिष्ठित हार्वड विश्वविद्यालयले क्याम्पस परिसरमा रहेका विद्यार्थीलाई समेत अनलाइनमार्फत पढाइरहेको छ ।

तर अमेरिकाको पछिल्लो निर्णयले भने यसरी अनलाइनमार्फत पढिरहेका विदेशी विद्यार्थी स्वदेश फर्कन बाध्य हुने भएका छन् । आईसीईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस शैक्षिक सत्रमा भर्ना भएर अनलाइन कोर्स गरिरहेका विद्यार्थीलाई भिसा जारी नगर्ने बताएको छ ।

आईसीईले अहिले अनलाइनमार्फत पढिरहेका विद्यार्थीलाई पनि भौतिक रुपमै उपस्थित भएर पढाइ हुने कलेज तथा विश्वविद्यालयमै ट्रान्सफर गर्न सुझाव दिएको छ ।
कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले आप्रवासन नीतिमा व्यापक फेरबदल गरिरहेको छ ।

यसले अमेरिकामा रहेका आप्रवासी र अमेरिका जाने तयारीमा रहेका विदेशी नागरिक समस्यामा परेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top