प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

२३ असार, काठमाडौं ।
नेपाल प्रहरीको २८ औं आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीका एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

गृहमन्त्रालयले जेष्ठता, कार्यक्षमता, र कार्यसम्पादनसमेतको मुल्यांकनका आधारमा आईजीपीको बढुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

 ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए ।

Advertisement

थापाले २०७९ बैशाख १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन्। नेपाल प्रहरीमा चार वर्षयता भएका आईजीपी सिधै डीआईजीबाट नियुक्त भएकोमा यस पटक भने २८ औं महानिरीक्षक भने एआईजीबाट नै नियुक्त भएको छ ।

 नेपाल प्रहरीका एआईजी थापा हाल मानवश्रोत एवं प्रशासन विभागको जिम्मेवारीमा रहेका थिए । उनी २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए ।

Advertisement

  थापा २०४९ बैशाख १९ प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । सेवा प्रवेश गरेपछि दुई पटक बाहेक सँधै पहिलो नम्बरमा बढुवा हुन सफल भएका उनी संगठनभित्र व्यवसायिक र निष्कलंक छवि रुपमा चिनिदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top