२३ असार, काठमाडौँ ।
कोरोनाको कारण देखाउँदै देशका व्यवसायीक घरानियाहरुले सञ्चालन गरेका प्रतिष्ठित उद्योग प्रतिष्ठानबाट कर्मचारी कटौती हुन थालेपछि श्रमिक कर्मचारीहरु आन्दोलित बनेका छन् । गोल्छा अर्गनाइजेशन, आइएमई ग्रुपको आइएमई मोटर्स, जगदम्बा लगायत उद्योग प्रतिष्ठानका सञ्चालनकहरुले कर्मचारी कटौती गरेपछि श्रमिकहरु आन्दोलित भएका हुन् ।
कर्मचारी कटौती गर्ने गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा आगामी महाधिवेशनबाट नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष पनि बन्दछन । आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका गरेका छन् । यी उद्योगि व्यवसायीहरुबाट सञ्चालित उद्योग प्रतिष्ठानहरुले नै कोरोनाको बाहानामा कर्मचारी कटौती गरिरहेका छन् । गोल्छा अर्गनाइजेशनले, आइएमई मोटर्स र जगदम्बा लगायतका कम्पनीहरुले नियतवस २ हजार बढी कर्मचारी कटौती गरेको अखिल नेपाल अटोमोबाइल्स मदजुर संघका अध्यक्ष पुरन्जन गिरीले बताए ।
बागमती प्रदेशका प्रदेशसभा सदस्य जगत बहादुर सिंम्खडाले उद्योग प्रतिष्ठान र श्रमिक दुबै पक्षलाई बचाउन सरकार अन्य संघसंघस्थाहरुसँग छलफल भइरहेको बताए । उद्योग प्रतिष्ठानहरुले कर्मचारी कटौती भन्दा श्रम कटौती गर्नुपर्ने बताए । उद्योग व्यवसायहरुले कम्तिमा पनि ५० प्रतिशत तलब भुक्तानी दिनुपर्ने उनले बताए ।
मजदुरहरुलाई दैनिक गुजारा गर्न समेत कठिनाई उत्पन्न भएको अवस्थामा व्यवसायीहरुले श्रमिक कटौतीको योजना बनाएर श्रमिक कटौतीको प्रकृया अगाडी बढाएको प्रति संगठनहरुले ध्यानाकर्षण भएको बताएका छन् । सरकारले सम्बन्धित क्षेत्रको नियमन, सञ्चालन र कारवाहीका लागि एने नियम बनाएपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन नभएको ठहर अखिल नेपाल अटोमोबाइल्स मदजुर संघले गरेको छ ।
मंगलबार विज्ञप्ती जारी गर्दै संघले अटो मोबाइल क्षेत्रमा कार्यरत श्रमिकहरुर्लाइ रोजगार बिहिन बनाउने योजनाको शसक्त रुपमा प्रतिसोध गर्ने जनाएको छ । सहमति र सहकार्यको माध्यमबाट श्रमिकको रोजगारी जोगाउने विषयमा जुनसुकै पक्षसँग छलफल गर्न तयार रहेको बताएको छ । संघले आफ्नो आग्रहलाई लत्याए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।