दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए : नेकपा संकटमा ‘आइसब्रेक’ ?

काठमाडौं  : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा संकट ‘आइसब्रेक’को चरणमा पुगेको हो ।

ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ ।

‘हिजो दुई दलबीचको एकता पनि दुई अध्यक्षकै योजना र त्यागका आधारमा भएको थियो र आज देखिएको समस्या पनि दुई अध्यक्षले नै समाधान गर्ने गरी सहमति खोज्ने निर्णय भएको छ,’ नेकपा स्रोतले भन्यो ।

Advertisement

बालुवाटार स्रोतका अनुसार दुवै अध्यक्षले छलफल गर्दै नेकपा जारी स्थायी कमिटीबाटै विवाद समाधान गर्ने निष्कर्षमा पुगेका छन् । बुधबार स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच पुनः ‘वान टु वान’ छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयका बीचमा भएको छलफल निकै सकारात्मक रहेको अध्यक्षद्वयको सचिवालयको निष्कर्ष छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच भएको छलफल सकारात्मक रहेको र यसलाई जारी राख्ने सहमति भएको छ । छलफलपछि दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किएकाले अब नेकपा संकट सहजै टरेर जाने विश्वास नेताहरुले गरेका छन् ।

‘अहिले नै कुनै सहमति भइसकेको छैन तर छलफल सकारात्मक रहेको छ,’ सापकोटाले भने, ‘आज (बुधबार) स्थायी कमिटीको बैठक बस्नुभन्दा अघि दुई अध्यक्ष पुनः बस्ने समझदारी भएको छ ।’,आजको राजधानी दैनिकमा समाचार छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top