×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

विपद्को व्यवस्थापनमा नयाँ रणनीति अपनाउन गृहमन्त्रीको निर्देशन

२५ असार २०७७

२५ असार, काठमाडौँ ।
गृह मन्त्री रामबहादुर थापाले मनसुनका कारण उत्पन्न हुने विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले अहिले सम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिएका हुन् ।

उनले संकटलाई समाधान गर्न केन्द्र सरकारको कार्यसमिति लगायत सरोकारवाला संघ संस्थाहरुलाई उच्च सतर्कतामा राख्न समेत निर्देशन दिए । उनले घटना घटनासाथ उच्च सतर्कता अपनाई तुरुन्तै परिचालित हुने गरी काम गर्न समेत निर्देशन दिए । उनले भने–‘अव यसलाई कसरी समाधान गर्ने यो संकटलाई अहिले आएको र अव आउने भावि संकटलाई भनेर दुईवटा कुरा गर्न जरुरी छ । अव हामीले हाम्रो सतर्कता हाम्रो केन्द्रको कार्यसमिति यससित सम्बद्ध सबै विभागहरु सबै सरोकारवाला संघ संस्थाहरु यस सित आवद्ध छन् । हामीले हाम्रो सतर्कतालाई उच्च अवस्थामा पु¥याउन जरुरी छ । जसलाई हाइ एलर्ट हामी भन्छौं । हामी हाइ अलर्टको अवस्थामा रहन जरुरी छ चौविसै घण्टा । मलाई लाग्छ पक्कैपनि हाम्रा सबै सम्बद्ध संस्थाहरु विभागहरु सतर्क नै हुनुहुन्छ तर यति सतर्कताले पुग्दैन । यसलाई अझ बढाउन जरुरी छ भन्ने लाग्छ । दोस्रो कुरा हामीले घटना घटनासाथ तुरुन्तै परिचालित हुन जरुरी छ । उच्च सतर्कता र तुरुन्तै परिचालित हुने तल हाम्रो स्थानीय तहहरुमा हामीले संरचना बनाएका छौं जुध्नको निम्ति हाम्रो प्रदेश स्तरमा पनि छ केन्द्रस्तरमा पनि छ । केन्द्र स्तरमा विभिन्न अन्य संरचनाहरु पनि विभागिय भनौं अथवा विषयगत संरचनाहरु पनि हामीले बनाएका छौं । हामी सबै घटना घटनासाथ तुरुन्तै परिचालित हुन जरुरी छ ।’ गृहमन्त्री थापाले जेठ देखि नै मनसुन सुरु भएको र भदौ सम्म रहने भएकाले यसबाट उत्पन्न हुने संकटको सामना गर्ने सन्दर्भमा नयाँ नीति र योजनाहरु अपनाउनुपर्नेमा जोड दिए । उनले भन्ने ‘घटनाको निरन्तर समिक्षा गर्दै हामीले यसलाई समाना गर्ने यससित जुध्ने र समस्याको समाधान गर्ने सन्दर्भमा फेरी हामीलाई नयाँनयाँ नीतिहरु योजनाहरु पनि सँगसँगै अपडेट गर्दै जानुपर्ने हुन्छ ।’

Advertisement
Advertisement

मनसुनले यस वर्ष बाढी पहिरोको जोखिम बढाएको भन्दै संकटको सम्भावनाको आकलन गरिएको बताए । जेठ महिनामा नै पानी परेकाले धरातल भिजेको र आगामी दिनमा ठूलो वर्षा हुने अनुमान पनि गरिएकाले देशव्यापी रुपमा नै बाढी पहिरो आई धनजनको क्षति ल्याउने सम्भावनाहरु प्रवल देखिएको बताए । उनले संकटलाई सामना गर्दै जनताको जीउ धनको रक्षा गर्ने चुनौति बढेको बताए । उनले भने- ‘मनसुनले ल्याएको संकट मुख्यतः बाडि पहिरोको रुपमा जुन संकट पैदा हुँदै गइराखेको छ र अहिलेको हाम्रो समिक्षा हेर्दाखेरी यो वर्ष मनसुनले ठूलै संकट ल्याउने सम्भावना को हामीले आकलन गरिराखेका छौं । अहिले हाम्रो विज्ञहरुको भनाई अनुसार मनसुनले यो जेठ महिनामा नै यहाँको धरातललाई धेरै भिजाई सकेको छ यसलाई स्याचुरेट गरिसकेको छ । अव आगामी दिनमा ठूलो वर्षा हुने पनि देखिन्छ । विशेष गरेर अव आउने ३÷४ दिन अविरल वर्षा हुने सम्भावना देखिएको छ विशेष गरेर पूर्व र मध्य क्षेत्रहरुमा त्यसकारणले अविरल वर्षा भयो भने यसले निश्चित रुपमा देशव्यापी रुपमा विशेष गरेर मध्य देखि पूर्व सम्म ठूलो बाढी पहिरो आउने र त्यसले जनधनको क्षति ल्याउन सक्ने सम्भावनाहरु प्रवल देखिएको छ । त्यसकारणले यो संकटलाई कसरी सामना गर्ने र जनताको जीउधनको कसरी रक्षा गर्ने भन्ने चनुौति हाम्रो अगाडि खडा भएको छ ।’

Advertisement
Advertisement

उनले देशले चारवटा संकट एकैपटक व्यहोर्नुपरेकाले चुनौति पनि बढी नै रहेको बताए । कोरोनाका भाइरसका कारण मानव स्वास्थ्यमा परेको संकट, अर्थतन्त्रमा परेको संकट, लामो समय लकडाउन हुँदा समाजमा परेको संकट र मनसुन छिटो हँुदा बाढी पहिरोका कारण पर्ने संकटको व्यवस्थापन एकैसाथ गर्नुपरेकाले चुनौति धेरै रहेको गृह मन्त्री थापाले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top