जम्बु बाढीका मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत

२५ असार ७७, शुक्रबार

२६ असार, सिन्धुपाल्चाेक ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।

यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए ।

Advertisement

“बाढीबाट विस्थापित भएकालाई मध्यभोटेकोशी जलविद्युत् आयोजनाको आवास गृहमा राखिएको छ”, उनले “अन्य केहीलाई सुरक्षित स्थानमा टेन्टमा राखिएको छ ।” भोलि नै विस्थापितहरुलाई थप सुरक्षित स्थानमा लगिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top