×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

‘गाडी ग्यारेजमा थन्किए, बैंकको किस्ता कसरी तिरौँ ?’

२६ असार २०७७

२६ असार, कास्की ।

रोजगारीका लागि भारत गएका पर्वत ठूलीपोखरीका गोपी लामिछानेले सवारी चालकका रुपमा २५ वर्ष त्यहीँ बिताए । करिब डेढ दशकअघि स्वदेश फर्कंदा एक लाख भारतीय रुपैयाँ लिएर आएका उनले यहीँ केही गर्छु भन्ने सोँचले भाडामा चलाउने गाडी किने । विसं २०५९ मा ऋणधन गरेर रु नौ लाखमा सञ्चालनमै रहेको (सेकेण्ड ह्याण्ड) बस किने । मेहनतमा विश्वास गर्ने उनले आफैं गाडी चलाएर यातायात क्षेत्रमा अघि बढ्दै गए र अहिलेसम्म आइपुग्दा उनको परिचय यातायात मजदूरबाट बदलिएर यातायात मालिक बनेको छ ।

Advertisement
Advertisement

हाल पृथ्वीराजमार्गअन्तर्गत चल्ने उनका ५ वटा जीप छन् । एक हदसम्म सफल व्यवसायीको स्तरमा पुगेका उनको मनमा यतिबेला भने ठूलै पिरलो छ । कोभिड–१९ का कारण चार महिनादेखि सवारीसाधन ग्यारेजमा थन्किएका छन्, कमाइ छैन । बैंकबाट सत्तरी प्रतिशत कर्जा लिएर खरिद गरेका गाडी थन्काएर बस्नुपर्दा रातभर निद्रा पर्दैन । बैंकले मीठो बोलीमा भाषा घुमाएर किस्ता तिर्न ताकेता गरिरहेको छ तर उम्किने उपाय उनले अझै केही भेटेका छैनन् ।

‘केही गरौँ भनेर ऋणमा गाडी किनियो, जसोतसो मासिक रु साढे दुई लाख किस्ता बुझाउँदै घरपरिवार पाल्दै आएको थिएँ, अहिले त ठप्पै भयो । एकातिर बैंकले किस्ता तिर्न सम्झाइरहन्छ अर्कातर्फ परिवार पाल्नै पनि कठिन हुने अवस्था आइसक्यो ।’ लामिछानेले बन्दाबन्दीको समयमा बैंक वित्तिय संस्थालाई तिर्नुपर्ने किस्ताको समय थप्न र ब्याज सहुलियतका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

दुई दशकअघिदेखि यातायात क्षेत्रमा प्रवेश गरेका स्याङ्जा भाटखोलाका यातायात व्यवसायी रामचन्द्र शर्मा लामिछानेको पीडा पनि उस्तै छ । विसं २०५४ मा रु तीन लाख नगद र अन्य ऋण गरेर गाडी किनेर नारायणघाट पोखरा रुटमा चलाउँदै आएका लामिछानेका अहिले ६ वटा ठूलो र सानो गाडी छन् । तर अहिले सिर्जित समस्याले उनलाई पनि निद्रा परेको छैन । लामिछाने भन्छन्, ‘यातायात क्षेत्र निकै संवेदनशील हो, बन्द हड्ताल, आन्दोलन सबैको प्रभाव यस क्षेत्रमा निरन्तर परिरहन्छ, यातायात व्यवसायीका समस्या धेरै छन्, विभिन्न अप्ठ्यारोसँग जुध्दै सङ्घर्ष गरिरहेको अवस्थामा अहिले झन् कोभिड १९ ले गर्दा धेरै समस्या पार्यो ।’

लामिछाने अहिले पोखरा–८ रत्नचोकमा ६ जनाको परिवारसहित बस्दै आएका छन् । मासिक रु तीन लाख बढी बैंक तथा वित्तीय संस्थालाई किस्ता बुझाउँदै आएका उनी अहिलेको अवस्थामा किस्ता तिर्नेदेखि परिवार नै कसरी पाल्ने भन्ने समस्या पिरोलिएको बताउँछन् । ‘निकै कठिन अवस्था आयो, गाडी भनेको जति धेरै ग्यारेजमा राख्यो उति बिग्रदै जान्छ, लगानी डुब्दै गएको छ । जीविकोपार्जनमै समस्या देखिन थाल्यो, समस्या बुझिदिन्छ कसले ?’ उनले सुरक्षाको उपायसहित सवारी सञ्चालन गर्ने विषयमा सरकारले विकल्प दिनुपर्ने र वित्तीय संस्थाले पनि किस्ता तिर्न समय बढाएर ब्याज सहुलियत गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।

स्याङ्जा फेदिखोला–१, सर्केटारीका राजेश पराजुलीको यस क्षेत्रको ३० वर्षे अनुभवमा अहिलेको जस्तो सङ्कट कहिल्यै भोग्नु नपरेको अनुभव छ । ‘म २०४६ सालबाट यातायात क्षेत्रमा छु, बीचमा केही वर्ष रोकेर २०५४ सालदेखि निरन्तरता दिँदै आएको छु, एउटा गाडीबाट अहिले ११ वटा गाडी छन्, बैंकको रु तीन चार करोडको ऋण छ । यो विषम परिस्थितिले निकै तनाव सिर्जना गरेको छ, यस्तो अवस्था यसअघि कहिल्यै भोग्नुपरेको थिएन ।’ पराजुलीले आठ जनाको परिवार पनि यसै पेशाबाट पाल्दै आएकामा अहिले व्यवसाय ठप्प हुुँदा थप समस्या भोग्नुपरेको बताए । केही समयका लागि सहज वातावरण सिर्जना गरेर सरकारले यातायात व्यवसायीलाई यस क्षेत्रबाट पलायन हुनबाट जोगाउनुपर्ने उनको माग छ ।

यातायात मालिक, स्वरोजगार मजदूरदेखि अन्य मजदूरका पीडा पनि उस्तै छन् । पोखरा महानगरमा सात वर्षदेखि माइक्रो बस चलाउँदै आएका दीपक थापा गाडी चलाएर परिवार पाल्ने दिनको पर्खाईमा छन् । ‘लामो समय भयो गाडी चलेको छैन परिवार पाल्ने समस्याले निकै पिरोलेको छ, सवारी चालक पेशाबाट चार जनाको परिवार पाल्दै आएकामा अहिले कोही कसैले दिएको राहतबाट दिन गुजार्न बाध्य हुनुपरेको छ ।’ ‘छिट्टै गाडी चलाएर आफ्नो परिवार पाल्ने दिन पर्खिरहेको छु’, थापाले भने ।

पोखरामा ६ वर्षदेखि गाडी चलाउँदै आएका पोखरा मियाँपाटनका सलाउदिन मियाँले पनि बन्दाबन्दीका कारण रोजीरोटीमा समस्या भएको बताए । ‘खै कहिलेबाट काम गरेर खान पाइन्छ, साह्रै तनाव भएको छ, पाँच जनाको परिवार पाल्न निकै समस्या भयो ।’ मियाँले सरकारले बन्दाबन्दी केही खुकुलो बनाए पनि सार्वजनिक गाडी चलाउन आवश्यका तयारी नगरीदिँदा समस्या भएको बताए ।

यी केही प्रतिनिधि पात्रसँगै कोभिड–१९ को असर अन्य यातायात व्यवसायीमा पनि उत्तिकै देखिएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकले ऋणको मासिक किस्ता भुक्तानीका लागि दबाब दिन थालेपछि व्यवसायीले बैंकलाई चाबी बुझाउन बाध्य भएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घबाट नेपाल सरकार तथा राष्ट्र बैंकसमक्ष हालको विषम अवस्थामा किस्ता तिर्ने समय न्यूनतम छ महिना थप गर्न आग्रह गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर गाडीको चाबी बुझाउन शुरु गरिएको उनको भनाइ छ । ‘हामीले गाडी सञ्चालन भएको समयमा बैंक कर्जा समयमै बुझाउँदै आएका छौँ, तर अहिले अवस्था सहज छैन, सार्वजनिक गाडी चलेका छैनन्, दिनप्रतिदिन गाडी बिग्रँदै गएका छन्, व्यवसायी आफैं सङ्कटमा परेका बेला पटकपटक ताकेता गर्दा व्यवसायीलाई मानसिक दबाब परेको छ ।’ उनले किस्ता तिर्दैनौ भनेको नभई अहिलेको अवस्थामा किस्ता भुक्तानीको समयावधि बढाउन माग गरे भन्दै सरकारले छिट्टै मौद्रिक नीतिबाट सम्बोधन गर्छ भन्नेमा विश्वस्त भएको बताए ।

केसीका अनुसार अहिले प्रालिअन्तर्गत एक हजार ४०० गाडी रहेका छन् । अधिकांशले ७० प्रतिशत ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेको उनको भनाइ छ । देशभर तीन लाख गाडीबाट १२ लाख प्रत्यक्ष र ४० लाख अप्रत्यक्ष रुपमा यस क्षेत्रको रोजगारीमा संलग्न रहेका छन् ।

पृथ्वीराजमार्ग बस सञ्चालका समितिका प्रबन्ध निर्देशक ज्ञानबहादुर केसीले यातायात व्यवसायीको मागको सुुनुवाइ नभएको भन्दै आठ वटा बैंकमा १५५ वटा चाबी बुझाएको र यो क्रम निरन्तर रहेको बताए । ‘हाम्रो उद्देश्य ऋण नतिर्ने होइन, तर केही थप समयको माग हो, सरकार र राष्ट्र बैंकले आफूहरुको माग नसुनेका कारण आन्दोलनस्वरुप चाबी बुझाउन बाध्य भयौँ । असहज परिस्थितिमा पटकपटकको ताकेताले व्यवसायी मानसिकरुपमा विचलित हुन पुगेका छन्, यसको सम्बोधन हुनुपर्छ’ केसीले भने ।

नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष विष्णु खत्रीले यातायात मालिकसँगै यातायात मजदूरका समस्याको पनि सम्बोधन हुनुपर्ने बताए । उनले भने, ‘अहिले प्रदेशमा एक लाख बढी यातायात मजदूर छन् । देशभर १० लाख बढी यातायात मजदूर छन् । जसमा करिब ४० प्रतिशत आफैं ऋणधन गरेर गाडी चलाउने गरेका स्वरोजगार मजदूर छन् भने बाँकी अन्य मजदूर छन् । सार्वजनिक यातायात ठप्प हुँदा कतिले कोठा भाडा तिर्न सकेका छैनन्, भने कतिलाई बिहान बेलुका छाक टार्न पनि गाह्रो छ, बिरामी हुँदा उपचार गर्न नपाउँदाको पीडा पनि हामीले सुनेका छौँ, सरकारले सुरक्षाको मापदण्ड बनाएर सार्वजनिक यातायात सञ्चालन गर्न ढिलाइ गर्नुहुँदैन ।’

सरकारले हालै सार्वजनिक यातायात सञ्चालनका लागि निर्णय गरेको छ तर त्यस निर्णयप्रति व्यवसायी सन्तुष्ट हुन सकेका छैनन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसी यातायात व्यवसायीसँग कुनै छलफल नै नगरी एकतर्फीरुपमा गाडी चलाउन गरेको निर्णय स्वीकार्य नहुने बताए । ‘यो अव्यावहारिक र एकतर्फी निर्णय हो । अहिलेको जटिल अवस्थामा सरकारले भने जसरी गाडी चलाउने हो भने व्यवसाय नै टाट पल्टने देखिन्छ, अन्तर जिल्ला गाडी चलाएर सम्पूर्ण सुरक्षा सामग्री उपलब्ध गराउँदा आर्थिक भार पर्न जाने हुँदा, यो निर्णयमा यातायात व्यवसायीले गाडी चलाउन सक्दैनन् ।’

केसीले गाडी चलाउँदा अपनाउनुपर्ने पूर्वाधार तथा यससँग आवश्यक सावधानीका विषयमा सरकारले व्यवस्थापन गर्नुपर्ने व्यवसायीका आवाज सुनेर सम्बोधन गर्नुपर्ने बताए । अहिले सरकारले सामाजिक दूरी कायम गरेर मास्क सेनिटाइजर, डिस्इन्फेक्सन, ग्लोब्सलगायतका सामग्री वितरण गरेर व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको र यसले दैनिक अतिरिक्त रु दुई हजार खर्च आउने भएकाले व्यावहारिक नभएको उनको भनाइ छ ।

Advertisement

त्यसैगरी बन्दाबन्दीमा निजी सवारीसाधनले चर्को रकम लिएर गुडिरहेकोप्रति राज्यले ध्यान दिन नसकेको र सार्वजनिक यातायात व्यवसायप्रति सरकारले सकारात्मक मूल्याङ्कन गर्न नसकेको उनको भनाइ छ । केसीले सरकारले गरेको निर्णयलाई शुक्रबार नै राष्ट्रिय यातायात महासङ्घले आवश्यक निर्णय गर्ने तयारीमा रहेको बताए ।–जमुना वर्षा शर्मा/रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top