२६ असार, विराटनगर ।
मोरङको कटहरीमा खुट्टामा ठूलो घाउ भएर सडकमा छट्पटाईरहेका बेवारिसे व्यक्तिलाई युवाहरुको पहलमा उद्धार गरी उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको छ ।
खुट्टामा ठूलो घाउ भई छट्पटाईरहेका उनलाई परिवर्तनका लागि हातेमालो कटहरी शाखाका अध्यक्ष संजित साह, उपाध्यक्ष खगेन्द्रप्रसाद रौनियार, सदस्य दुर्गानन्द साह, केन्द्रीय उपाध्यक्ष राम पोखरेल र कटहरी-३ का युवा आश्विनी कामतको पहलमा उद्धार गरी अस्पताल भर्ना गरिएको हो ।
उनको अहिले कोशी अस्पतालमा उपचार भईरहेको खगेन्द्र रौनियारले जानकारी दिए । घाउमा किरा समेत परेको हुनाले उनलाई अस्पताल पुर्याउनु अघि स्थानीय मेडिकलमा घाउमा ड्रेसिङ्ग र सरसफाई गरिदिएको उनले बताए ।
कटहरी गाउँपालिकाले ती व्यक्तिको उपचार खर्च र उपचार अवधिभर कुरुवा खर्च बेहोर्ने भएको छ । सामाजिक संस्था परिवर्तनका लागि हातेमालोले विभिन्न सामाजिक काम गर्दे आएको छ।