ओमनबाट १७९ नेपाली स्वदेश फर्किए, राजदूतले जहाजभित्रै चढेर विदाई गरेपछि भावुक बने यात्रु

२६ असार ७७, शनिबार

योगेन्द्र योगी
२६ असार, दोहा । कोरोनाका कारण ओमनमा समस्यामा परेका थप १७९ नेपाली स्वदेश फर्किएका छन् । दूतावासको प्राथामिकतामा परेका उनीहरु सलाम एयरको तेस्रो चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन् ।

ओमनस्थित नेपाली दूतावासका अनुसार सो उडानमा १४६ पुरूष, ३३ महिला, २ नाबालक र १ तीन महिनाको शिशु स्वदेश फर्किएका हुन् । यसअघि सलाम एयरकै २ वटा उडानमार्फत ३११ नेपाली स्वदेश फर्किसकेका थिए।

काठमाण्डौँका लागि जहाज उड्नुअघि यात्रुहरू तथा चालकदलका सदस्यहरूको कोरोना भाइरसको संक्रमण नभएको पिसिआर परीक्षणको रिपोर्ट रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ ।

Advertisement

स्वदेश फर्किने नेपालीहरुलाई विदाई गर्न ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल विमानस्थल पुगेकी थिइन् । उनले उड्न लागेको जहाजभित्रै चढेर विदाईको हात हल्लाउँदै सफल यात्राको शुभकामना दिएको दूतावासले जनाएको छ ।

सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनी सलाम एयरले ११५ ओमनी रियल (नेपाली करिब ३६ हजार १ सय) भाडा लिएको थियो।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top