सल्लेरी, सोलुखुम्बु, ३ वैशाख ः सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आइतबार आंैपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।
सदरमुुकाममा भव्य ¥याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हेमकुमार राई सुरवीरले सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुमबुबाट शुरु भएको ¥यालीले जिल्ला प्रशासन कार्यालय परिसर हँुदै जिल्ला समन्वय समितिको हलमा गएर कार्यक्रममा परिणत भएको थियो ।
जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य राईसँगँै प्रदेशसभा सदस्य वुद्धिकुमार राजभण्डारी, राष्ट्रिय खोप समन्वय समितिको सचिवालयका प्रतिनिधि, जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख, सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सांसद हेमकुमार राईले जिल्लाको विकासको सूचकको रुपमा पूर्ण खोपयुक्त जिल्ला बनेकोमा सम्पूर्ण सोलुखुम्बुवासीलाई बधाई दिए । “संघीयता कार्यान्वयनका अभ्यासका क्रममा रहेकाले थुप्रै चुनौती रहेपनि यस्लाई अवसरमा परिणत गर्न सक्नुपर्छ” उनले भने ।
सोलुखुम्बुु प्रदेशसभा ‘ख’ का सांसद एवं नेकपा एमाले प्रदेश नं १ का प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले संघीयता कार्यान्वयनमा एकजुट भएर पार्टीगत रुपमा नभई जनपक्षीय रुपमा काम गर्न आब्हान गरे।
जिल्ला जनस्वास्थ्य कार्यालयले पूर्ण खोपको अभियानमा एक हजार ९२४ जना बालबालिकालाई खोप दिएको छ ।
आर्थिक वर्ष २०७४ सालबाट शुरु भएको पूर्ण खोप कार्यक्रम साविक तिङ्ला गाविसबाट शुरु भएको थियो ।
रासस
 
				
 
                                                     
                                                    






 
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    


