अमेरिकामा एकै दिन ६९ हजार संक्रमित

२७ असार ७७, शनिबार
Share this
751shares

२७ असार, एजेन्सी ।
संयुक्त राज्य अमेरिकामा एकै दिन झन्डै ६९ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

Advertisement

रोयटर्सले तयार गरेको तथ्याङ्कका अनुसार लगातार तेस्रो दिन रेकर्डतोड संख्यामा संक्रमित थपिएका हुन्। संक्रमितको संख्या झन्डै ७० हजारको नजिक पुग्दाकै दिन वाल्ट डिज्नीले भने फ्लोरिडामा रहेको पार्क खुला गर्ने निर्णय गरेको छ। अलास्का, जर्जिया, लुसियाना, मोन्टाना, ओहायो लगायतका अमेरिकी राज्यहरुमा संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ।

कोरोना भाइरसको अर्को हट स्पटका रुपमा रहेको टेक्ससका गभर्नर ग्रिग अवोटले लकडाउन थप कडा पार्न सक्ने बताएका छन्। मास्कको प्रयोग र सामाजिक दुरी कायम गर्न नसक्ने हो भने थप कडाई गरिने उनले बताएका छन्।

Advertisement

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३२ लाख भन्दा धेरै भइसकेको छ। अस्पताल अभाव भोगिरहेको मुलुकमा अहिलेसम्म १ लाख ३३ हजार भन्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेको संख्या अझै तीब्र गतिमा बढ्ने चेतावनी दिइएको छ। अमेरिकामा ४४ राज्यमा संक्रमण लगातार बढिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top