Nepal Times
Nepal Times
3
Shares

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण

२८ असार, एजेन्सी ।
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ । अमिताभले आफु संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

७७ वर्षका अमिताभ आफुलाई कोरोना संक्रमण भएपछि उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भएको भारतीय संचारमाध्यमले लेखेका छन् ।

उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन आग्रह गरेका छन् ।उनले सामाजिक संजालमा लेखेका छन्–‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’

अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो । उनी पछिल्लो समय रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ सिजनको होस्टका रुपमा पनि देखिँदै थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.