यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनी भन्यो- चार्टर्ड फ्लाइटको अनुमति दिए अलपत्र नेपाली पठाउँछौँ

योगेन्द्र योगी
२८ असार, दोहा ।
कोरोना महामारीका कारण यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि रोजगारी गुमाएर बसेका करिब २ हजार ५ सय जना नेपाली कामदारको अवस्था बारे यूएईस्थित नेपाली दूतावासले चासो नदिएको कम्पनी प्रशासनले जनाएको छ ।

Advertisement

शनिबार साँझ रोजगारी गुमाएर अलपत्र परेका नेपाली र कम्पनी प्रशासनसँग भएको छलफलमा कम्पनीले पटक पटक इमेल गर्दा पनि कुनै जानकारी नदिएको जनाएको हो । कम्पनीले यदि चार्टर्ड फ्लाईटको अनुमती दिए रोजगारी गुमाएका नेपालीहरुलाई दुई हप्ताभित्रै स्वदेश पठाउने पनि जनाएको छ ।

छलफलमा रोजगारी गुमाएका नेपालीहरुले हामीलाई मात्र किन रोकेको, अन्य मुलुकको नागरिकहरु प्राय जसो सबै आफ्नो मुलुक फर्किसके अब हामी घर कहिले जान पाउँछौँ भनेर कम्पनी प्रशासनसंग गुनासो गरेको एक नेपालीले जानकारी दिए ।

Advertisement

 

Advertisement

कम्पनीको तर्फबाट पनि जति सक्दो छिटो पठाउने कोशिस गरिरहेको बताउँदै कम्पनी प्रशासनले नेपाल र नेपाली दूतावासबाट कुनै पनि जानकारी र स्वीकृती नआएकोले समस्यामा परेको जनाएको छ । ‘ हामीले नेपालको दूतावाससंग दैनिक सम्पर्क गरिहरेको छौँ, हरेक दिन जसो इमेल पनि गरिरहेका छौँ । इमेल हेरेर कुनै जवाफ दिँदैन अब हामीले के गर्ने ?’– कम्पनी प्रशासनको भनाइ उदृत गर्दै उनले भने ।

ठूलो सङ्ख्यामा काम बिहिन मानिसलाई खान बस्न दिएका बताउँदै कम्पनी प्रशासनले यदि फ्लाइट चार्टर गरेर पठाउने कुरामा नेपाली दूतावासले अनुमति दिएको खण्डमा दुई हप्ता भित्र एनियोल लिभ, रिजाइन, टर्मिनेट र अन्य घर जान चाहने सबै नेपालीलाई नेपाल पठाउन कम्पनी तयार रहेको बताएको छ ।

कम्पनीले प्रत्येक क्याम्पबाट रोजगारी गुमाएका, रिजाइन दिएर बसेका तथा टर्मिनेट गरिएका नेपालीहरुको नामावली दूतावासमा बुझाएको र बिगत तीन महिनादेखि दूतावाससँग सम्पर्क गर्ने प्रयास गरिरहेको बताएको छ । ‘ तपाईहरुलाई पठाउने कुरामा हामी कत्तिपनि चुकेका छैनौँ । दूतावासबाट अनुमति आउन साथ तुरुन्त पठाउछौँ । हामीले नेपाल चार्टर पठाउन नमिल्ने हो भने पनि हामीलाई दैनिक रुपमा केही सिमित सिटहरु ४० देखि ५० जति सिटहरु उपलब्ध गाराइयोस् सम्म भनेकाछौँ ‘– कम्पनीको माथिलो निकायको एक अधिकारीले भने ।

उनका अनुसार कम्पनीलाई केही समय अगाडी मात्र २० देखि २२ सिट उपलब्ध गराईएकोमा धेरै पहिला देखि रिजान दिएर बसेका नेपाली नागरिक पठाईएको छ । यता नेपाली दूतावाससँग यस बारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन । ट्रान्सगार्ड ग्रुप कम्पनी यूएईको सबै भन्दा ठूलो कम्पनी हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top