×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्‍यो’

२८ असार २०७७

२८ असार, म्याग्दी ।
धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन ।

‘बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए’, हीराका श्रीमान् धनबहादुरले भने, ‘अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।’ पहिरोमा भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए ।

Advertisement
Advertisement

जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए । ‘खेतबारी, गोठ र घर सबै पहिरोले बगायो’, उनले भने, ‘न बस्ने घर छ ।

न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे ।’ पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । पहिरो खस्न थालेपछि घरभित्र सुतिरहनुभएकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरि गाउँपालिका–६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिए ।

घरछेउको खोल्सामा बाढी र माख्लाको भिरबाट पहिरो खस्न थालेपछि शुक्रबार बिहान १ बजे छिमेकी परदेवी पुनकहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर गएका थिए ।  ‘मामा (प्रकाश)ले राति १ बजे आएर हामीलाई उठाउनुभयो ।

बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौँ’, पहिरोमा भाग्ने क्रममा घाइते भएकी परदेवीले भनिन्, ‘पाँच बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर गएका मामालाई हेर्दाहेर्दै पु¥यो । हामीलाई पनि भाग्दाभाग्दै ढुङ्गाले चोट लाग्यो ।’

धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृत्यु भएको छ । बेपत्ता भएका तीन जीवितै सम्पर्कमा आएका छन् । चार अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए ।

कटान नियन्त्रणका लागि श्रमदान अभियान

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा नदी कटान नियन्त्रणका लागि शनिबार ग्याबियन पर्खाल लगाउन श्रमदान अभियान चलाइएको छ ।

गाउँपालिकाको अगुवाइमा शनिबार बेनी, पिप्ले र भगवतीका युवाले श्रमदान गरेर ग्याबियन पर्खाल लगाएका हुन् । जोखिमयुक्त ठाउँमा १० थान जाली भरिएको छ । पचास देखि ६० युवाले श्रमदान गरेर सहयोग गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

रघुगङ्गा नदीले कटान गरेको ठाउँमा थप क्षति हुन नदिनका लागि ग्याबियन पर्खालका साथै बेनी–जोमसोम–कोरला सडक आयोजनासँगको समन्वयमा ठूला ढुङ्गा थुपारिएको छ । अध्यक्ष भण्डारी आफैँ पनि युवाहरुसँग श्रमदान गरेर ढुङ्गा फुटाउने र पर्खाल लगाउने ठाउँसम्म पु¥याउने काममा खटिएका थिए ।

रघुगङ्गा नदीमा शनिबार आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पूर्णरूपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएको छ ।

बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर कटानको जोखिमका कारण विस्थापित भएका छन् ।

Advertisement

स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको छ । ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको स्थानीयवासीले बताएका छन् । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ ।(रासस)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top