×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

तनहुँमा पहिरो अपडेटः ज्यान गुमाउनेको संख्या ६ पुग्यो, ५ जना अझै बेपत्ता

२९ असार २०७७

२९ असार, तनहुँ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । ५ जना अझै बेपत्ता छन् ।

ज्यान गुमाउनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

Advertisement
Advertisement

एसपी पौडेलका अनुसार माँझफाँटका एकै घरपरिवारका ३ जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् । यस्तै, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको पनि मृत्यु भएको छ ।

त्यस्तै, व्यास–९ माझफाँटकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीपहिरोका कारण जिल्लामा ५ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको एसपी पौडेलले बताए । उनका अनुसार पहिरोमा परी मृत्यु भएका रिसिङका भेषबहादुरकी २९ वर्षीया श्रीमती नानुमाया, उनकी ५ वर्षीया छोरी अमिषा, भेषबहादुरका २२ वर्षीय भाइ महादेव, महादेवकी १९ वर्षीया श्रीमती मनिसरा थापा र व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा पनि बेपत्ता भएका छन् ।

यस्तै, पहिरोबाट घाइते भएका व्यास–९ माझफाँटका केशरबहादुर थापा र रिसिङ–८ की ६० वर्षीया ज्योति थापालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

बाढी पहिरोका कारण ठाउँठाउँमा विजुलीका पोलहरु ढल्दा विद्युत अवरुद्ध भएको छ । पहिरोका कारण अवरुद्ध राजमार्ग अहिले खुलाइए पनि भित्री सडकहरु अझै अवरुद्ध छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top