Nepal Times
Nepal Times
3
Shares

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

विराटनगर, ४ वैशाख  ः चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन् ।

सोलुखम्बुको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

त्यस्तै, चट्याङमा परेर खोटाङमा दुईजना घाइते भएका छन् । दिक्तेलको रुपाकोट–मझुवागढी–४ बस्ने पुण्यबहादुर कटुवालको चार वर्षीय छोरा प्रेम कटुवाल र सशस्त्र प्रहरी हलेसी गुल्ममा कार्यरत जवान युवराज विश्वकर्मा घाइते भएका हुन् । दुवै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.