१० लाख रुपैयाँ दिए साढे तीन करोड ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ

२९ असार ७७, मंगलबार

३० असार, डोटी ।
आफूलाई १० लाख रुपैयाँ दिएमा साढे तीन करोडको ऋण पास गरिदिने भन्दै ठगी गरेको आरोपमा डोटीबाट दुईजना पक्राउ परेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाका अनुसार पक्राउ पर्नेमा डोटी जिल्लाको आदर्श गाउँपालिका–३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया तथा दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ का ३२ वर्षीय पदमराज भट्ट रहेका छन् ।

आफूहरु नेपाल बैंक लिमिटेडको शाखा अधिकृत भएको र १० लाख रुपैयाँ दिएमा साढे तीन करोड रुपैयाँको ऋण पास गरिदिन्छु भन्दै कैलालीको टिकापुर नगरपालिकाकी ४४ वर्षीया एक महिलालाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Advertisement

उनीहरु दुवैजनालाई डोटीको दिपायल सिलगढी नगरापलिका–४ पिपल्लाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नेपाल बैँक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचर समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुले कैलालीमा ठगी गरेका कारण कैलालीबाट नै मुद्दा चलाउने गरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी समक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी देउवाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top