सिँचाई कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित पक्राउ

२९ असार ७७, मंगलबार

३० असार, काठमाडौं ।
डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ।

Advertisement

उनलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको स्रोतले जनाएको छ। काठमाडौंबाट स्टिङ अपरेशनका लागि खोटाङ पुगेको अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।

खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पनि काठमाडौंबाट अख्तियारको टोली स्टिङ अपरशेनका आएको पुष्टि गरे तर उनले पक्राउ परेको बारेमा विस्तृत विवरण आइनसकेको जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top