कोभिड–१९ विरुद्ध मोडेर्नाले बनाएको खोपले प्रतिरोधी क्षमता बढायो, अन्तिम चरणको परीक्षण शुरु हुँदै

३१ असार ७७, बुधबार

३१ असार, एजेन्सी ।
अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ साइन्स र मोडेर्ना कम्पनीले संयुक्तरुपमा बनाइरहेको कोभिड–१९ विरुद्धको खोप अन्तिम चरणको परीक्षण करीब दुई सातापछि शुरु हुने भएको छ।

Advertisement

अहिलेसम्मको परीक्षणमा यसले कोरोनाभाइरस विरुद्ध प्रतिरोधात्मक प्रणाली बलियो बनाएको वैज्ञानिकहरुको दाबी छ। अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीका सहयोगीहरुले विकास गरिरहेको खोपको अहिलेसम्मको सबै परीक्षण सफल भएको बताइएको छ।

डा. फाउसीले खोप विकासमा पाएको सफलता शुभसमाचार भएको र यसले कुनै नराम्रो असर नगरेको दाबी गरेका छन्। अहिलेसम्म गरिएको परीक्षणमा यो खोपले कोरोनाभाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता विकास गरेको छ। अन्तिम चरणको परीक्षण २७ जुलाईदेखि सुरु हुनेछ।

Advertisement

यो चरणमा करीब ३० हजार व्यक्तिमा खोप परीक्षण हुनेछ। त्यति वेला खोप वास्तवमै कोरोनाभाइरसविरुद्ध प्रभावकारी र स्वास्थ्यका लागि सुरक्षित छ्छैन अध्ययन हुनेछ। अनुसन्धानकर्मीले मंगलबार बताए अनुसार शुरुआती चरणमा ४५ जना स्वयमसेवीलाई खोप लगाइएको थियो। उनीहरु प्रत्येकले खोपको दुईरदुई डोज लिएका थिए।

त्यसले उनीहरुको शरीरमा भाइरस मार्ने ‘एन्डीबडी’ को उच्च विकास गरेको थियो। कोही पनि स्वयमसेवीलाई गम्भीर प्रकारको ‘साइड इफेक्ट’ नभएको, तर आधा जतिलाई सामान्य वा मध्यम प्रकारको प्रतिक्रिया देखिएको थियो।

Advertisement

तीमध्ये केहीलाई टाउको दुख्ने, रिंगटा लाग्ने, कमजोरी हुने र खोप लगाएको ठाउँ आसपासको मांशपेशी बाउँडिने वा दुख्ने भएको थियो। काभिड–१९ विरुद्धको खोप मान्छेमा परीक्षण गर्ने मोडेर्ना पहिलो कम्पनी हो। यसले १६ मार्चमा पहिलोपटक मान्छेमा खोप परीक्षण गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top