×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

फोटो झुण्डयाउन मात्र म महासंघमा आएको होइनः शेखर गोल्छा

३१ असार २०७७

३१ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको बताएका छन् ।

महासंघको चुनावका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले आफु राजनीति गर्न र फोटो झुण्ड्याउन नभई काम गर्न महासंघको नेतृत्वमा आएको बताएका हुन् । गोल्छाले महासंघ आफ्नो पुर्खा, पूर्व अध्यक्षहरु र सबै पदाधिकारीहरुको रगत पसिनाबाट बनेकाले त्यसलाई अझ बलियो बनाउन आफुले काम गर्ने प्रस्ट पारे ।

Advertisement
Advertisement

उनले भने ‘मेरो नीति स्पस्ट छ । यसको लागि मलाई टिम चाहिन्छ । साथीहरुलाई विनम्र अनुरोध गर्छु मैले राजनीति गर्नको लागि, फोटो झुण्ड्याउनको लागि यहाँ आएको होइन । म केही काम गर्नको लागि आएको छु । यो संगठन जसमा मेरो बाउबाजेको रगत पसिना छ, पूर्व अध्यक्षहरुको रगत पसिना छ, मेरो दाईहरुको रगत पसिना छ र सबै पदाधिकारीहरुको रगत पसिना छ । यो संगठनलाई म अझ बलियो बनाउनको लागि आएको हो । फोटो झुण्ड्याउनका लागि आएको होइन है साथीहरु ।’

अहिले पनि केही व्यक्तिहरुले ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेनावनी दिइरहेकोले महासंघ भित्र भइरहेको गतिविधिमा सचेत हुनुपर्ने अवस्था आएको गोल्छाले बताए । उनले राम्रो काम गर्नका लागि बलियो टिम आवस्यक रहेकोले सबै मिलेर मात्रै महासंघलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले कोभिड १९ ले असर पारेको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो टिमलाई चुनौति रहेको समेत बताए ।

उनले भने ‘यस्तो समयमा म अध्यक्ष बन्दैछु । हाम्रो अर्थतन्त्रमा सायद यो भन्दा ठूलो गम्भिर घडी पहिला कहिले पनि थिएन । हाम्रो अर्थतन्त्र यति कमजोर कहिले पनि थिएन । म अव देशको वाणिज्य महासंघ जुन नेपालको निजी क्षेत्रको छाता संगठन हो र नेपालको निजी क्षेत्रको एकमात्र आस्थाको केन्द्र हो र मैले के गर्ने भनेर मेरो बाटो खुलस्त छ । मैले उद्योग वाणिज्य महासंघमा सबैभन्दा पहिला यो अर्थतन्त्रमा कोभिड १९ ले पारेको असर छ त्यो असरलाई निर्मुल गरेर अर्थतन्त्रलाई फेरी चलायमान गर्नुपर्ने मेरो बाटो प्रष्ट रुपमा मैले देखेको छु ।’

Advertisement

महासंघको नेतृत्वमा गएपछि के काम गर्ने भन्ने विषयमा आफुले गृहकार्य गरिरहेको र छिट्टै रोडम्याप बनाई सार्वजनिक गर्ने बताए । उनले नयाँ मार्गदर्शन तयार गरेर सबैलाई साथ लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाए । महासंघ भित्र काम गर्न गाह्रो भएको र आफु अध्यक्षको रुपमा निजी क्षेत्रको बाटो तय गर्नुपर्ने भएकाले बलियो टिमको आवश्यकता रहेको बताए । उनले आफुलाई अहिले सम्म सहयोग गर्ने र असहयोग गर्ने सबैलाई धन्यवाद दिदै अझैपनि केही व्यक्तिहरुका कारण महासंघमा बसेर काम गर्न चुनौति रहेको बताए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top