नेपाल मेडिकल कलेजमा तालाबन्दी

नेपाल मेडिकल कलेजमा तालाबन्दी

१ साउन, काठमाडौँ ।
नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाएको छ।

युनियनले बिहीबार एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन बाध्य भएको जनाएको छ। युनियनका सचिव उमेश कार्कीले अस्पताल व्यवस्थापन र युनियनबीच भएको लिखित सम्झौताअनुसार कुनै पनि माग अस्पताल प्रशासनले कार्यान्वयन नगरेकाले ताला लगाइएको जानकारी दिए।

उनले भने, ‘अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीलाई गत असार ३१ गतेदेखि रोजगारीबाट निकालिएको आधिकारिक जानकारीपछि आन्दोलन गर्न बाध्य भएका हौँ। हामारीका समयमा रोजगारी खोसिनु राम्रो होइन। छिटोभन्दा छिटो उनीहरुको पुनःबहाली गर्नुपर्ने हाम्रो माग छ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.