विहिबार सुनको मूल्य तोलामा एक सयले घट्यो

३१ असार ७७, बिहीबार

१ साउन, काठमाडौं । विहिबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।

Advertisement

सुन आज तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यसैबीच भाउ महंगो भएसँगै कारोबार ठप्प जस्तै भएको व्यवसायीको गुनासो छ ।

Advertisement

अहिले किन्न कोही नपुगेपछि बेच्न भने धमाधम जाने गरेको उनीहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top