राजस्थानमाथि सहज जित निकाल्दै कोलकात्ता शीर्ष स्थानमा

५ बैशाख ७५, बिहीबार

इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ।

Advertisement

कप्तान दीनेश कार्तिक र नितिश रानाले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि बुधबार राति राजस्थानलाई हराउँदै कोलकाता शीर्ष स्थानमा उक्लिएको हो।

आइपिएलमा पाँचौं खेलबाट कोलकाताको यो तेस्रो जित हो। समान ६ अंक भए पनि २ खेल कम खेलेको सनराइजर्स हैदरावादलाई रनरेटमा पछि पार्दै कोलकाता शीर्षस्थानमा उक्लिएको हो। कोलाकाताले भन्दा हैदरावादले २ खेल कम खेलेको छ।

Advertisement

राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको कोलकाता ७ बल बाँकी छँदै ३ विकेट गुमाएर विजयी भयो।

कोलकाताको जितमा कार्तिकले अविजित ४२ तथा नितिशले अविजित ३५ रन जोडे।

Advertisement

ओपनर सुनिल नारिनले ३५ तथा रविन उथप्पाले ४८ रनको यादान गरे। ओपनर क्रिस लेन शून्यमा आउट भएका थिए। राजस्थानका लागि क्रिस्नप्पा गोथमले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। उसका लागि अजिन्का राहाणे र डीर्सी सर्टले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। राहाणेले ३६ रन बनाए भने सर्टले ४४ रन जोडेका थिए।

जस बटरले अविजित २४ रन बटुल्दा राहुल त्रिपाठीले १५, बेन स्टोक्सले १४ र क्रिस्नप्पा गौथमले १२ रन बनाएका थिए।

कोलकाताका लागि निनिश राना र टम कर्रनले समान २ तथा पियुष चावला, कुलदीप यादव र शिवम माभीले समान १ विकेट लिए।

आइपिएलमा बिहीबार किङ्स ११ पञ्जाब र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top