जाजरकोट, ६ वैशाख ः ठूलीभेरीमा व्यावसायिक रुपमा जलयात्रा शुरु भएको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नलगाड नगरपालिका–८ बगरामा जलयात्राको उद्घाटन गरेका हुन् ।
मन्त्री बस्नेतले जलयात्राको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न मद्यत पुग्ने बताए । उनले जलाशययुक्त नलसिङगाड जलविद्युत आयोजनाको निर्माण पाँच वर्ष भित्रै पुरा गर्ने गरी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
बारेकोट गाउँपालिकास्थित फलाम खानी र नलगाड नगरपालिकामा रहेको सिसा खानी आगामी आर्थिक वर्षमै उत्खनन र प्रशोधन गरिने बताए । नगलगाड नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकसित गर्ने मन्त्री बस्नेतको भनाइ थियो ।
नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले लगानी प्रवद्र्धनका लागि निजी कम्पनीलाई जलयात्रा सञ्चालन गर्न लगाउनुका साथै ३४ जनालाई साना होटल तथा लज व्यवस्थापन सम्बन्धि तालीम प्रदान गरिएको बताए ।
रासस