४ साउन, विराटनगर । विराटनगरस्थित दिल्ली पब्लिक स्कुल भारतको केन्द्रीय माध्यामिक शिक्षा बोर्ड (सिबीएसई)मा नेपालबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
स्कुलले सिबीएसइको कक्षा १० र १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको हो । स्कुलको सिबीएसईको कक्षा १० को नतिजामा ९० प्रतिशतभन्दा माथि आरोन साहले ९५.४ प्रतिशत, पल्लभी झाले ९१.६प्रतिशत, शसांक लोहीयाले ९०.८ प्रतिशत , मितेश अग्रवालले ९०.४ प्रतिशत र शोभित अग्रवालले ९० प्रतिशत अंक ल्याएका छन् । त्यस्तै अन्य १८ जना डिस्टिन्सन र ३० जना पहिलो ग्रेडमा उर्तीण भएका छन् ।
कक्षा १२ को नतिजामा ९० प्रतिशतमाथि विज्ञान संकायमा पुसन अग्रवालले ९५ प्रतिशत, ब्यवस्थापनका सौरभ अग्रवालले ९५ प्रतिशत र ब्यवस्थापनकै गौरभ दाहालले ९२ प्रतिशत अंक ल्याएका छन् भने विज्ञान शंकायका १० र ब्यवस्थापनका ३ जनाले उत्कृष्ट अंक ल्याएर उर्तीण भएका छन् ।
स्थापनाको छोटो समयमै गुणस्तरीय शिक्षाका कारण अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको दिल्ली पब्लिक स्कुल विराटनगरमा माध्यामिक तहसम्म सिबीएसई र नेपाल बोर्ड दुवुैमा अध्यापन हुँदै आएको स्कुल ब्यवस्थापनले जनाएको छ ।