अन्तिम खेलमा रियल म्याड्रिड रोकियो

४ साउन ७७, सोमबार

५ साउन, एजेन्सी ।
रियल मड्रिड आफ्नो अन्तिम खेलमा लेगानेससँग बराबरीमा रोकिएको छ ।

यो बराबरीपछि पनि लेगानेस रेलिगेसनमा परेको छ । गएराति भएको खेलमा रियल लेगानेससँग दुई दुई गोलको बराबरीमा रोकियो । अर्को खेलमा सेल्टा भिगोले स्पानोयलसँग गोलरहित बराबरी खेलेपछि लेगानेस रेलिगेट भएको हो ।

रियलले दुई पटकको अग्रतालाई जोगाउन सकेन । खेलको नवौं मिनेटमा नै सर्जियो रामोसले गोल गर्दै रियललाई अग्रता दिलाए । उनको जारी सिजनमा १२ औं गोल हो । तर पहिलो हाफको इन्जुरी समयमा गिलले लेगानेसलाई बराबरीमा पुर्याए ।

Advertisement

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पनि दुबै टिमले एक एक गोल थपे । ५२ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई फेरि अग्रता दिलाए । तर ७८ औं मिनेटमा एसालेले गोल गरेपछि खेल दुई दुईका अवस्थामा पुग्यो ।

तर त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियलले बराबरीमा चित्त बुझायो । यो बराबरीपछि लेगानेस सेल्टा भिगो भन्दा एक अंकले पछि पर्दै रेलिगेट भयो । जारी सिजनबाट दोस्रो डिभिजनमा झर्ने क्लवमा लेगानेस, मर्लोका र स्पानोयल भएका छन ।

Advertisement

रियल ८७ अंकका साथ शीर्ष स्थानमा रह्यो भने बार्सिलोना दोस्रो, एट्लेटिको मड्रिड तेस्रो तथा सेभिया चौथो स्थानमा रहन सफल भए । अर्को खेलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेल्यो भने सेभियोले भ्यालेन्सियालाई एक शून्यले पराजित गर्यो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top