नेपालमा सलह पुनः सक्रिय, शुक्रबारसम्म जोखिम

७ साउन ७७, बिहीबार

काठमाडौं : वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार साँझ स्याङ्जाको आकाश भएर सलहको झुण्ड तनहुँतिर लागेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंले बताए ।

बर्साद्को समयमा सलहहरू ठूला रुखका हाँगामुनि र पातमुनि बस्ने भएकाले केही दिनदेखि हराएजस्तो देखिए पनि मङ्गलबार पुनः देखिएको हुमागाईंले बताए ।

स्याङ्जाबाट कृषि ज्ञान केन्द्रका प्रमुखले सहल सक्रिय भएको जानकारी दिएका छन् । तर तिनीहरू कहाँ गएर बसेका छन् भन्ने बारेमा खोजी जारी रहेको उनले बताए । चार दिनदेखि निस्क्रिय रहेका सलह एक्कासि देखिएपछि कृषि ज्ञान केन्द्र स्याङ्जाले त्यहाँ वरपरका स्थानीयलाई सजग रहन अनुरोध गरेको छ । कुनै घना जङ्गलमै सलह बसेको हुन सक्ने र वर्षा कम भएसँगै त्यो पुन सक्रिय भएर लाग्ने गर्दछ ।

Advertisement

सलह कडा खालको प्रजाति भएकाले वर्षाको समयमा ठूला आकारमा रुखका पात, हागाँको मुन्तिर बस्ने र घाम लागेसँगै सक्रिय बन्न थालेको हुमागाईंले बताए ।

शुक्रबारसम्म जोखिम
शुक्रबारसम्म हावाको बहाव नेपालतर्फ रहेकाले सलहको जोखिम रहेपनि शुक्रबारबाट हावाको बहाव राजस्थानतर्फ फर्कने भएकाले नेपालमा सलहको जोखिम शुक्रबारसम्म कायमै हुने हुमागाईंले बताए ।, यो समाचार आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top