×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लकडाउन अन्त्य भएसँगै खुल्न थाले विद्यालय

८ श्रावण २०७७

८ साउन, लमजुङ ।
लकडाउन अन्त्य भएसँगै लमजुङका सामुदायिक विद्यालय खुल्न थालेका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमणले चार महिनाको लामो लक डाउनका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यालय खुला गरेको विद्यालयले जनाएका छन् ।

बेंसीसहर नगरपालिका ३ बाहुनबेंसीको यशोब्रह्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद बरालका अनुसार विद्यार्थीको पठनपाठनमा सहज बनाउन साउन ५ गतेबाट विद्यालय सञ्चालन गरिएको छ । लामो समय विद्यालय नखुल्दा विद्यार्थीमा परेको समस्यालाई मध्यनजर गर्दै उच्च सतर्कताका साथ विद्यालय खुलाइएको उनले बतए । उनका अनुसार विद्यालयमा विद्यार्थीबीच सामाजिक दुरी कायम गरिएको छ । साबुनपानीले हात धुने व्यवस्था गरिएको छ ।

Advertisement
Advertisement

कक्षाभित्र पस्दा स्यानीटाइजर प्रयोग गर्ने, एउटा बेन्चमा २ जनामात्र राखेर पढाइने गरिएको छ । शौचालय जाँदा पनि एक÷एक जना पठाउने गरिएको उनले बताए । यसअघि १० बजेदेखि ४ बजेसम्म विद्यार्थीलाई अध्ययन गराइँदै आएकोमा अहिले विहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र पढाउने गरिएको छ । उनीहरुलाई अहिले तत्काल विद्यालयको तालिका अनुसार ५ वटा विषय पढाउने गरिएको र अर्को हप्ता बाँकी विषय पढाइने छ । २ सय ४७ जना विद्यार्थी रहेको विद्यालयमा ५० प्रतिशत विद्यार्थी मात्र आएका छन् । २० जना नयाँ भर्ना भएका छन् ।

Advertisement

बेंसीशहर नगरपालिका शिक्षा समितिले विद्यार्थीको पढाईलाई सहज बनाउन टोलटोलमा वा विद्यालयमा शिकाई सहजीकरण गर्न निर्देशन दिएपछि टोलटोलमा भन्दा विद्यालयममै सहज हुने भएकाले विद्यालय सञ्चालन गरिएको जनाएको छ । विद्यालय बन्द हुँदा बालबच्चालाई सम्हाल्न समस्या भएका अभिाभवक पनि विद्यालय खुलेपछि खुसी भएका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top