×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्वोच्चको फैसला ‘प्रथम दृष्टिमै त्रूटीपूर्ण’ रहेको भन्दै हदैसम्मको सजाय माग

९ श्रावण २०७७

९ साउन, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रिहा भएका श्रीमती हत्यामा जेल परेका पूर्वडीआईजी रन्जन कोइरालालाई हदैसम्म सजाय हुनुपर्ने महान्यायाधिवक्ताको कार्यालयले माग गरेको छ ।

सरकारका तर्फबाट फैसला पुनरावलोकनका लागि विहीबार दर्ता गरिएको निवेदनमा कोइरालाकी प्रेमिका तारा रेग्मीलाई पनि हदैसम्मको सजायँ हुनुपर्ने माग गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला ‘प्रथम दृष्टिमै त्रूटीपूर्ण’ भनेको छ ।

Advertisement
Advertisement

सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकनमा गएका सरकारी वकिलले पेस गरेको ८ पेज लामो निवेदनमा रन्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चको आफ्नै नजिर, कानुनी सिद्धान्तको मर्म प्रतिकुल भएकाले बदर हुनुपर्ने माग गरिएको छ ।

त्यस्तै रन्जनकी प्रेमिका तारा रेग्मीले गीता ढकालको हत्या गर्न मतियारको भूमिका निर्वाह गरेको तथ्यलाई फैसलाले समेत स्वीकार गरिसकेको अवस्थामा उनको सजाय घटाउने फैसलासमेत त्रुटिपूर्ण रहेको सरकारी वकिलको जिकिर छ ।

तारालाई एक वर्षमात्र कैद सजाय गर्ने तल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै सरकारी वकिलले पुनरावलोकन गरेका थिए ।

Advertisement

महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चको फैसला र क्षमतामाथिसमेत गम्भीर प्रश्न उठाएको छ । तजबिजी अधिकारको प्रयोग गरी कसुरदारलाई विधायिकी मनसाय विपरीत हुने गरी अति हलुको, निरर्थक र निष्प्रभावी प्रकृतिको सजाय तोक्ने हो भने सजायले आफ्नो उद्देश्य र तात्पर्य गुमाउने निवेदनमा उल्लेख छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top