×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

९ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(कोरोनाले आहत)
नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या ४४ पुग्यो /शुक्रबार थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमित १८ हजार ३ सय ७४ जना पुगे / १२ हजार ९ सय ४७ जना निको भए ।

Advertisement
Advertisement

२.(देशको ब्यथा)
शुक्रबारसम्म पीसीआर विधिबाट ३ लाख ३५ हजार ८२ जनाको कोरोना परीक्षण /देशभर १९ हजार ४ सय ४४ जना विभिन्न क्वारेन्टिनमा /५ लाख ३ सय ८३ जना आइसोलेसनमा ।

३.(प्रतिपक्षी आँखा)
सरकारले परीक्षणको दायरा घटाएर कोभिड १९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको नेपाली कांग्रेसको ठहर/राजस्व उठाउन र लकडाउनबाट उत्पन्न समस्या समाधानको दायित्वबाट पन्छिन सरकारले लकडाउन खोलेको आरोप ।

४.(लापरबाहीको हद)
अस्पताल पुर्याएको १ घण्टासम्म उपचार नपाएका कारण विराटनगरस्थित कोशी अस्पतालमा उदयपुरका २३ बर्षिय पदमबहादुर राईको मृत्यु/चिकित्सक तथा स्वास्थ्यकर्मीले इमर्जेन्सी कक्षमा भर्ना गर्न नमानेपछि राईको एम्बुलेन्समै मृत्यु ।

५.(फेरी एसिड प्रहार)
काठमाडौंको सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक /अभियुक्तले युवतीलाई आफ्नो प्रभावमा पारेर अनुचित व्यवहार गर्न खोजेको र एकतर्फी प्रेम सम्बन्धका कारण एसिड प्रहार गरेको प्रहरीको भनाई ।

६.(महाअभियोगको माग)
श्रीमतीको हत्या गरेर जेलसजाय पाएका सशस्त्रका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने सर्वाेच्चको फैसलाविरुद्ध माइतीघरमा प्रदर्शन /प्रधानन्यायधीसलाई महाअभियोग लगााउन र पीडितलाई न्याय दिन माग ।

७.(केही हुन्छ कि ?)
प्रदेश १ मा मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा आयो /ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार्यक्रमहरुको नियमित रुपमा अनुगमन, मूल्यांकन तथा सहजीकरण र आवश्यकता अनुसार नियन्त्रण गरिने मुख्यमन्त्री शेरधन राईको भनाई ।

८.(रोजगारीको बाटो)
प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने /उद्योगहरुमा माग अनुसार पहिलो चरणमा २ हजारलाई रोजगारी दिने लक्ष्य राखेर सीप विकास तालिम दिईने सामाजिक विकासमन्त्री जीवन घिमिरेको भनाई

९.(सत्य नलुकोश)
चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट एक स्थानीयको मृत्यु भएको घटनाबारे नेपाली सेनाद्वारा छानबिन सुरु /सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै दोषीलाई सजाय दिन मृतकका आफन्तको माग ।

१०.(बालबालिकालाई बुझौं)
बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न बालबालिकासँग सिधा छलफल गर्न विज्ञहरुको सांसदहरुलाई सुझाव /नेपालबाट वार्षिक १०/१५ हजार बालबालिका भारतमा लागिने भएकाले त्यसलाई रोक्न भारत सरकारसँग छलफल चलाउनुपर्ने उल्लेख ।

११.(ढकालको आक्रोश)
साधारणसभा स्थगित भएकोमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको असन्तुष्टि /कार्यसमितिको बैठक बोलाई निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिएको आरोप /संस्था इतिहासमै कमजोर भएको टिप्पणी ।

१२.(अड्कियो उडान)
विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने उद्देश्यले सरकारले जेठ २९ देखि खुला गरेको उद्धार उडान तत्काललाई रोक्यो राहत तथा उद्धारका लागि नन् सेड्युल उडान खुला गर्न वायुसेवा सञ्चालक संघको माग ।

१३.(खेल पूर्वाधार थपिँदै)
ललितपुरको च्यासलस्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम यतिवेला धमाधम जारी /३० करोड लगानीमा निमार्ण गर्नका लागिएको मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाउने एन्फाको लक्ष्य ।

१४.(डाँडा कट्यो सुन)
सुनको मूल्यले बनायो फेरि नयाँ कीर्तिमान /सुनको मूल्य आज एकैदिन प्रतितोला १३ सयले बढेर अहिलेसम्मकै उच्च ९५ हजार ८ सय रुपैयाँ निर्धारण /चाँदी पनि तोलाको ११ सय ५० पुग्यो ।

र,

Advertisement

१५.( विश्वमा कोरोना)
महामारी कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ६ लाख ३७ हजार बढीको मृत्यु /१ करोड ५६ लाख बढी संक्रमित / ९५ लाख ६८ हजार बढी निको भए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top