झापामा सीमा सुरक्षामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

८ साउन, झापा ।
झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।  साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईँले बताए ।

Advertisement

मेचीनगर सामाजिक बिकास समितिका संयोजक नविन बरालका अनुसार सशस्त्र प्रहरीको एक महिला सहित १८ जनामा कोरोना पुष्टि भएसगै सो सशस्त्र प्रहरी क्याम्पलाई सील गरिएको छ ।

पूर्वी नाकामा सुरक्षाको काममा खटिएका सशस्त्र प्रहरीमा नै ठूलो संख्यामा कोरोना संक्रमण भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

Advertisement

बरालले मेचीनगरबासीलाई थप सर्तक रहन आग्रह समेत गरेका छन् ।नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टि भएपछि काकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् । तत्कालका लागि काकरभिट्टा क्षेत्र सिल गरेर कन्ट्याक ट्रेसिङ मार्फत संक्रमणको जोखिममा परेकाहरुको खोजी गरी स्वाब संकलन गर्नु पर्ने काकरभिट्टाबासीको माग छ ।

झापामा शुक्रवार अन्य बिर्तामोड नगरपालिकामा एक जना पुरुष, बाह्रदशी र झापा गाउँपालिकामा समेत थप ३÷३ जना पुरुषमा कोरोना भाइरस रहेको पुष्टि भएको छ । यो समेत गरि झापामा जम्मा ३४५ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top