धार्मिक क्षेत्र खुला गर्न विश्व हिन्दू महासङ्घको माग

९ साउन ७७, शनिबार

९ साउन, काठमाडौं ।

विश्व हिन्दू महासङ्घले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गरेका हुन् । अन्य सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोकासमेत बन्द गर्नाले महासङ्घलाई आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताए ।

गत चैत ११ गते र हाल नेपालमा कोरोना भाइरसको अवस्था विश्लेषण गर्न पनि महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । मठ मन्दिर पनि भौतिक दूरी कायम गरी खुला गर्न सकिनेतर्फ सरकारले सोच नबनाएकामा महासङ्घले आपत्ति जनाएको छ ।

सरकारले औपचारिकरूपमा खुला नगरे पनि साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा हजारौँ भक्तजनको भीड लागेको थियो ।

राम जन्मभूमि नेपालमै पर्छ भनी प्रधानमन्त्रीले भानुजयन्तीमा सार्वजनिक गर्नुभएको वक्तव्यको तथ्य, प्रमाण सार्वजनिक गर्न पनि महासङ्घले माग गरेको छ ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top