×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पहिरोले बगायो रुप्सेको सौन्दर्य

१० श्रावण २०७७

१० साउन, गलेश्वर ।
मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त आकर्षकस्थल मानिने रुप्से झरनाको सुन्दरतामा अब भने पर्यटक रमाउन नपाउने भएका छन् ।

गत सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनाखण्ड बिगारिदिएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा रमाउने योजना बनाएका आन्तरिक तथा बाह्य पर्यटकले अब रुप्सेको पुरानो सौन्दर्य देख्न नपाउने भएका छन् ।

Advertisement
Advertisement

बाढीले झरनाको खण्ड बिगारको मात्र होइन एक होटेल, पुल र स्काभेटरसमेत बगाएको छ । झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेसिन, बस र पुल बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

स्थानीय हस्तबहादुर पुनका अनुसार अब रुप्से झरना पुरानै स्वरुपमा फर्काउन निकै श्रम र लगानी आवश्यक छ । विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिएको थियो ।

अहिले प्रचलनमा नरहे पनि रुप्से झरनाको प्रचारप्रसार त्यतिखेर देखिनै भएको स्थानीय बुढापाका बताउँछन् । साविकको दाना गाविसले रुप्से झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग र भ्युटावर निर्माण गरेको थियो ।

मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटक र तीर्थयात्री रुप्सेको मोहक सौन्दर्य देखेर लठ्ठिने गर्दथे । “रुप्से झरनामा रमाउन गण्डकी प्रदेशबाट मात्रै होइन देश विदेशबाट आएका मानिसको समेत भीड हुने गर्दथ्यो”, दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले भने, “पुल नजिकै गाडीको भीड हुन्थ्यो, झरनाको दायाँ र बायाँको भागमा मानिस रमाउँदै तस्वीर लिन तछाडमछाड गर्दथे, अब त्यो सबै एकादेशको कथा जस्तै बन्यो ।”

विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । झरनामा रमाउनका लागि आएका पर्यटक सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गर्दथ्यो ।

रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्युटावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था गरिएको थियो ।

पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्यरुपमा बढेको थियो । ती पर्यटक रुप्से झरना देखेर लोभिने गरेका रुप्सेमा रेष्टुराँ सञ्चालन गरेका सुवर्ण केसीले बताए ।

Advertisement

स्थानीयले झरनामा कान्छा भुमे देवताको वासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा बोको बलि चढाउने गर्छन् । झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको स्थानीयले बताएका थिए ।(रासस)

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top