गुलरिया नगरपालिकामा एक संचारकर्मीसहित २ जनामा कोरोना

१० साउन ७७, शनिबार
Share this
695shares

१० साउन, बर्दिया ।
बर्दियामा एक संचारकर्मीसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

भेरी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा गुलरिया नगरपालिकाकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । क्वारेन्टिनमा नबसेका एक जना ५५ बर्षिय सञ्चारकर्मी र क्वारेन्टिमा बस्दै आएका १९ बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कृष्ण गोपाल चौधरीले जानकारी दिए।

सञ्चारकर्मीमा कोरोना संक्रमण देखिए सँगै समुदाय स्तरमा कोरोना फैलिएको भन्दै अधिबक्ता, प्रत्यक्ष सम्पर्कका सरकारी कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी गरी २ सय जनाको स्वाव संकलन गरिने बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी गराए ।

Advertisement

जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ भने निको भएर १ सय ९४ जना घर फर्केका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top