ब्राजिल कोरोनाभाइरसः संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजार बढीको मृत्यु

१० साउन ७७, शनिबार
Share this
701shares

१० साउन, एजेन्सी ।
ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ।

Advertisement

यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो। यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५५ हजार नाघेको छ। शुक्रबार मात्र यहाँ ५५ हजार ८९१ जना संक्रमित थपिएका छन्।

एकै दिनमा यतिधेरै संख्यामा संक्रमित थपिएका हुन्। तर बिहीबार मात्र पनि यो भन्दा पनि बढी संक्रमित थपिएका बताइएको थियो। बिहीबार मात्र त्यहाँ २४ घन्टामा ५९ हजार ९६१ जना संक्रमित थपिएका र एकै दिनमा यो पहिलो पटक त्यहाँ यतिधेरै संख्यामा संक्रमित थपिएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका थिए।

Advertisement

उनीहरुका अनुसार यो संख्या यहाँका संक्रमितको संख्या २३ लाख ४३ हजार ३६६ पुगेको छ। यहाँ संक्रमण शुरु भएयता देखि १५ लाख भन्दा बढी मानिस निको भएर घर फर्किएका पनि बताइएको छ। ब्राजिल विश्वमै सबैभन्दा धेरै संक्रमित भएका देशमध्ये दोस्रो हो।

सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा छन्। अमेरिकामा कोरोनाका करिब ४० लाख संक्रमित पुगेका छन्। ब्रालिजमा गएको २४ घन्टायतामात्र १ हजार १५६ जनाको ज्यान गएको छ। कोरोना संक्रमितहरुको मृत्यु हुने संख्या पनि यहाँ दिनप्रतिदिन बढ्दै गएको देखिएको छ।

Advertisement

विश्व स्वास्थ्य संगठनले गएको मार्च ११ मा कोेभिड १९ लाई महामारीका रुपमा घोषणा गरेको थियो। त्यसयता विश्वका विभिन्न देशमा गरी एक करोड ५६ लाख मानिसहरु संक्रमित भइसकेका छन्।

त्यस्तै यो महामारीबाट ६ लाख ३६ हजार जनाको ज्यान पनि गएको छ। यो भाइरसबाट सबैभन्दा बढी व्यक्ति संक्रमित हुने र ज्यान जाने देश अमेरिका हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top