सप्तरीमा संक्रमतिको सङ्ख्या ४ सय २६ पुग्यो

९ साउन ७७, शनिबार

१० साउन, सप्तरी ।
सप्तरीमा समुदायमा कोराना फैलिएपछि पीसीआर परीक्षण गराउनेको सङ्ख्या बढेसँगै कोरोना संक्रमितको सङ्ख्या दैनिक बढन थालेको छ।

दैनिक १०–१२ जनाको दरले संक्रमितको सङ्ख्या बढेको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले शनिबार बिहान आएको रिपोर्ट अनुसार सात जना नयाँ कोरोना संक्रमित फेला परेको बताए।

राजविराज अस्पतालको प्रयोगशालाले नभ्याउने अवस्था भएपछि परीक्षणका लागि स्वाबहरु विराटनगरसमेत पठाइएको जानकारी दिंदै यादवले साँझसम्ममा सङ्ख्या पुनः थप हुन सक्ने बताए।

Advertisement

यादवका अनुसार शनिबार सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ का २८, ८ का ४१ र १२ का ४५ वर्षीय पुरुष, रुपनी गाउँपालिका वडा नम्बर ५ का ४० र ६ का ३३ वर्षीय पुरुष तथा अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ का २८ र ५ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु सम्बन्धित स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका छन्। उनीहरुलाई राजविराजस्थित आइसोलेशन केन्द्र ल्याउने तयारी भइरहेको छ। योसँगै सप्तरीमा संक्रमतिको सङ्ख्या ४ सय २६ जना पुगेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top