आफ्नै निधारमा गोली प्रहार गरी आत्महत्या

९ साउन ७७, शनिबार

१० साउन, उदयपुर ।
आफ्नै निधारमा बन्दुक चलाउँदा उदयपुरमा एक जनाले ज्यान गुमाएका छन् ।

Advertisement

मदिरा सेवन गरेर घर पुगेका लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका विध्याराज राईले भरुवा बन्दुक आफ्नै निधारमा प्रहार गरी आत्महत्या गरेका हुन्। शुक्रबार राती ८ः३० बजे घरमा पहिला नै भरेर राखेको बन्दुक राईले चलाउँदा घटना घटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

घटना थप अनुसन्धान भइरहेको उनले बताए । आफ्नै निधारमा गोली प्रहार किन गरे र घटना कसरी घट्यो भन्ने अनुसन्धान भइरहेको डिएसपी पुरीले बताए । एक वर्ष अघि मात्रै राईकी श्रीमतीले पनि विष सेवन गरी ज्यान गुमाएका थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top