प्रमुख प्रशासकीय अधिकृतले कुटे वडाअध्यक्ष

९ साउन ७७, शनिबार

१० साउन, सर्लाही ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ।

Advertisement

हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ।

वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय, उनका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए।

Advertisement

वडाध्यक्ष महतोलाई बिहीबार साँझ गाउँमै एक समूहले कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटबाट वडाध्यक्ष महतोको हात, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

उनको जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल लगिएको पीडितका परिवारजनले बताएका छन्।

Advertisement

कुटपिटमा संलग्न लालबाबु र शैलेन्द्रलाई घटना भएकै दिन पक्राउ गरेको र प्रमुख प्रशासकीय अधिकृत यादवलाई सोधपुछका लागि भन्दै शुक्रबार पक्राउ गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताए।

केही दिन पहिले गाउँमा लागेको धार्मिक मेला घुम्ने क्रममा वडाध्यक्ष महतो नजिककी आफ्नै नातेदार एक युवतीलाई प्रमुख प्रशासकीय अधिकृत राय निकटका केही युवाले जिस्काएको निहुँमा उनीहरु बीच विवाद हुँदै आएको र सोही विषयलाई लिएर वडाध्यक्ष महतोमाथि कुटपिट भएको हुनसक्ने स्थानीयवासीले आशङ्का गरेका छन्।

वडाध्यक्षका परिवारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत यादवसहित अन्य चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top