गोसाइँकुण्ड मेला स्थगित

९ साउन ७७, शनिबार

१० साउन, रसुवा ।

Advertisement

जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि १९ गते जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष धार्मिक मेला स्थगन गरिएको हो ।

Advertisement

उक्त समितिका अध्यक्ष सञ्जीव डिएमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गोसाइँकुण्ड जाने यात्रुका लागि बास बस्न तयार गरिने अस्थायी छाप्रोलगायत सबै प्रकारका व्यवस्थापकीय कामसमेत बन्द गरिएको बताए ।

प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला लाग्ने परम्परा रहिआएको छ ।

Advertisement

कोरोना सङ्क्रमणका कारण गत जेठ महिनाको दशहरा पर्वसमेत प्रभावित बनेको बताउँदै अध्यक्ष डिएमले रोग नियन्त्रण भएपश्चात् समितिको तर्फबाट धार्मिक क्षेत्रमा गर्नुपर्ने सेवा निरन्तररूपमा अगाडि बढ्ने जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top