×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राजकुमारको परिवारलाई एक लाख दिने सहमति

११ श्रावण २०७७

११ साउन, चितवन ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र घुँगी खोज्न जाँदा सेनाको कुटपिटबाट मारिएका राजकुमार प्रजाको परिवारलाई एक लाख रुपैयाँ राहत दिन सहमति भएको छ ।

सहमतिपछि राजकुमारको शव बुझ्न उनका आफन्तजन सहमत भएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय, चितवनमा भएको छलफलपछि उनको परिवारलाई एक लाख रुपैयाँ राहत दिन सहमति भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

Advertisement
Advertisement

त्यस्तै, बालबालिकाको भरणपोषणका लागि निकुञ्जले सहयोग गर्ने भएको छ । उनीहरूको घर पनि निकुञ्जले नै बनाउने सहमति भएको प्रजिअ भट्टराईले बताए । स्थानीय बासिन्दासँगै १ साउनमा घुँगी खोज्न गएका राजकुमारलाई निकुञ्जको लिगलिगे पोस्टको सैनिक टोलीले कुटपिट गरेको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको ८ साउनमा मृत्यु भएको थियो । कुटपिट गर्ने सैनिकलाई कारबाही गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका थिए । उनीहरूले शव बुझ्न पनि मानेका थिएनन् ।

Advertisement

सहमतिपछि आइतबार शवको पोस्टमार्टम गरिने भएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top