कोरोनाको कहरमा समुद्री विपद्ः अमेरिकाका दुई राज्यमा सामुद्रिक आँधी प्रवेश

१० साउन ७७, आइतबार

११ साउन, एजेन्सी ।
कोरोना महामारीकै बीच अमेरिकाको दुर्र्ई राज्यमा सामुद्रिक आँधी प्रवेश गरेको छ।

बीबीसीका अनुसार हाना नामको सामुद्रिक आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगस्थित पड्री टापुमा शनिबार बज्रिएको हो। जसले अहिले कोर्पस क्रिस्टी र ब्राउन्सभिल सहरबीचमा प्रभाव पारिरहेको छ।

अधिकारीहरूले त्यस भेगमा घातक आँधी र ठूलो वर्षा आउने चेतावनी दिएका छन्। प्रतिघण्टा १४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरका छाना उडाएको छ। न्यासनल हुरिक्यान सेन्टर (एनएचसीले) घातक आँधी टेक्ससको तटमा पोर्ट म्यान्सफिल्डदेखि सर्जेन्टसम्म फैलिने भन्दै स्थानीयलाई सचेत गराएको छ।

Advertisement

यस्तै डोग्लास नामको अर्को सामुद्रिक आँधी प्रतिघण्टा १४५ किलोमिटरकै वेगमा प्रशान्त क्षेत्रको हवाईतर्फ आइरहेको एनएचसीले जानकारी दिएको छ। आँधीले ह्युस्टन क्षेत्रको धेरैजसो भाग छोएर जाने ह्युस्टन क्रोनिकल पत्रिकाले जनाएको छ।

तटीय क्षेत्रका बासिन्दालाई बाढीको जोखिम रहेकाले घर छाड्न भनिएको छ र साथमा मास्क नछुटाउन सुझाव दिइएको छ। यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफ्नो प्रशासनले यस विषयमा दुवै राज्यसँग समन्वय गरी सुरक्षा तथा उद्धारको काम गर्ने जानकारी दिएका छन्।

Advertisement

कोरोना महामारीबाट पनि सबैभन्दा बढी अमेरिका नै पीडित छ। वर्ल्डओमिटरका अनुसार आइतबार बिहान साढे १० बजेसम्म अमेरिकामा ४३ लाख १५ हजार ७ सय ९ जनालाई कोरोना संक्रमण भइसकेको छ। तीमध्ये १ लाख ४९ हजार ३९८ जनाको ज्यान गइसकेको छ।

संक्रमितमध्ये अहिले २० लाख ६१ हजार ६९२ जना मात्र निको भएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top