बाबुले हाँकेको ट्रक पल्टिँदा २० वर्षीय छोराको मृत्यु

११ साउन ७७, आइतबार
Share this
816shares

११ साउन, मकवानपुर ।
मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

Advertisement

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आइतबार बिहान ना ४ ख ७०४ नम्बरको ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा मृतक राजका बाबु लक्ष्मीनारायण चौधरी घाइते भएका छन्। उनी ट्रकका चालक हुन्। बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ चौधरीको च्यापिएर मृत्यु भएको हो।

Advertisement

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top