मलेसिया गएकाे तीन महिना नबित्दै मृत्यु

७ बैशाख ७५, शनिबार

विराटनगर — रोजगारीको लागि मलेसिया गएका एक युवकको घरबाट गएको ३ महिनामै मृत्यु भएको छ ।

लमजुङकाे  दूधपोखरी गाउँपालिका-१, दूधपोखरीको डाँडागाउँका २१ वर्षीय कुमार गुरुङको शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार उनी गत माघ ११ गतेमात्रै काठमाडौंबाट मलेसिया गएका थिए । उनी राजधानी क्वालालाम्पुरस्थित मिसन फुड कम्पनीमा काम गर्थे ।

दूधपोखरीस्थित बाघभैरब प्राविका शिक्षक इमानसिंह गुरुङका अनुसार उक्त घटना शुक्रबार साँझमात्रै थाहा भएको र शनिबार बिहानमात्रै परिवारलाई भनिएको थियो । उनका अनुसार कुमारसँगै ६ जना नेपाली कामदार बस्थे । उनीहरुले बताएअनुसार बिहान ड्युटीमा सँगै गएको र सञ्चो नभएको भनी कुमार बीचबाटोबाटै कोठामा फर्केका थिए ।
दिउँसो खाना खान आउने समयमा कुमार शौचालयमा मृत अवस्थामा भेटिएको उनीसँगै बसेका नेपाली कामदारले बताएको शिक्षक गुरुङले बताए ।
कमाउन विदेश गएका छोराको निधनपछि उनका बुवाआमासँगै स्थानीय शोकमा डुबेको स्थानीय कुमारी गुरुङले बताइन् ।

 

Advertisement
Advertisement

भर्खरको समाचार

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

सम्बन्धित समाचार

Scroll to Top